काठमाडौं । सहकारीको रकमअपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर)मा ४ बुँदे सहमतिभएको छ । मंगलबार कानुन, न्यायतथा संसदीयमामिलामन्त्रालयमा बसेको कार्यदलको बैठकले कार्यादेश टुंगो लगाउँदै प्रधानमन्त्रीलाई बुझाएको छ । 

उक्त टीओआरमा सहकारीमा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता गर्नेप्रक्रियाकहाँपुगेको छ,त्यसको अध्ययनविश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझावदिने उल्लेख गरिएको छ । 

७ सदस्यीय छानबिन समितिलाई बचतकर्ताको रकमअपचलनभएको विषयमा छानबिन गर्न तीनमहिनाको समयावधिदिइएको छ । 

कार्यादेशको टुंगो लगाउनकानून, न्यायतथा संसदीयमामिलामन्त्रीपदमगिरीको संयोजकत्वमा चार सदस्यीयकार्यदल गठन गरिएको थियो  । कार्यदलमाप्रतिनिधि सभा सदस्यहरु  हित राज पाण्डे, जीवन परियार,महेशबर्तौला, शिशिर खनाल र ज्ञानेन्द्र बहाुदर कार्की सदस्यरहेका थिए । 

आजबस्ने प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभानियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन हुनेछ । 

यस्ता छन् संसदीय छानबिन समितिकाकार्यक्षेत्र ः 

–सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागतप्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमाअध्ययन गरी सुझावदिने,

–समस्यामा परेका सहकारी संस्थाकाबचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमाअध्ययन गरी सिफारिस गर्ने,

–नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची–१ मा उल्लेख भएका संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ताको प्रक्रियाकहाँपुगेको छ सो को अध्ययनविश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझावदिने,

–सहकारी संस्था सदस्य (शेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामाजम्मा गरिएको रकमहिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुरÞ्याएको भनी सङ्घीय संसद् र सार्वजनिक रूपमाप्रश्न उठेका, विभिन्नतह र निकायमाउजुरी परेका अनुसूची २ मा उल्लेखितलगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायतअन्यकम्पनीवा संस्थाहरूमाप्रवाहभएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमाप्रवाहभए–नभएको, र त्यस्तो गैर कानुनीवाअनुचितकार्यमा कोही संलग्न देखिएमात्यस्ताव्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएकाव्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीकालागिआवश्यकसिफारिस गर्ने कार्यादेश छ ।

यी हुन् समस्याग्रस्त र सार्वजनिकरुपमाप्रश्न उठेका सहकारी संस्थाहरुको नाम : 

१ ओरेण्टल को–अपरेटिभ लिमिटेड

२ स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

३ प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ

४ प्रभु बचत तथा ऋण सहकारी संस्था

५ कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

६ कन्जुमर बचत तथा ऋण सहकारी संस्था

७ कुवेर बचत तथा ऋण सहकारी संस्था

८ चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

९ भेगास बचत तथा ऋण सहकारी संस्था

१० स्ट्याण्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड

११ सोसाइटल बचत तथा ऋण सहकारी संस्था १२ लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था

१३ पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड

१४ शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

१५ तुलसीबहुमुखी सहकारी संस्था लिमिटेड

१६ हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड

१७  कृषिविकास बहुउद्देश्यीय सहकारी संस्था

१८ कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड

१९ लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था

२० गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

२१ आईडियल यमुना बहुउद्देश्यी संस्था

२२ ईमेज बचत तथा ऋण सहकारी संस्था लि

२३ सहारा बचत तथा ऋण सहकारी,

२४ समानतावचततथा ऋण सहकारी

२५ सानो पाइलावचततथा ऋण सहकारी

२६ सुप्रिम बचत तथा ऋण सहकारी,

२७ सूर्यदर्शन बचत तथा ऋण सहकारी,

२८ सुमेरु बचत तथा ऋण सहकारी

२९ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ।