हेटौडा । मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष तथा सक्रिय रेफ्री समेत रहेका अकिललाल श्रेष्ठको हृदयघातका कारण निधन भएको छ । उनी ४० वर्षका थिए ।
परिवारिक स्रोतका अनुसार बुधबार छातीमा दुखाई भएपछि अस्पताल लगेर परीक्षण समेत गराइएको थियो । यद्यपि राती थप दुखाई बढेपछि उनलाई अस्पताल लैजाने क्रममा निधन भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
हेटौडा–१३ का स्थानीय वासिन्दा समेत रहेका दिवंगत रेफ्री श्रेष्ठको बिहीबार नै अन्त्येष्टी गरिएकाे मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष लामाले बताए ।
साथै रेफ्री श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले विहीबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप रोक्न आग्रह समेत गरेको छ । श्रेष्ठका श्रीमती र एक छोरा छन् ।