अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले बिपन्न आर्थिक अवस्थाका तीनसय घर परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । 

नगरप्रमुख बलदेबसिंह गोम्देनको पहलमा बिपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा गर्न लागिएको हो । गोम्देनको अनुरोधमा बिभिन्न दाताहरुले २ सय घर परिवारलाई निशुल्क स्वास्थ्य बीमा गर्न तयार रहेको जानकारी उनले दिए । 

‘इच वान हेल्प वान’ अभियान अन्तर्गत नगरले २ सय घर परिवारलाई बीमा शुल्क बापतको ३ हजार ५०० रुपैंयाँ प्रतिघरको दरले उपलब्ध गराउने सहमति गरिएको उनले बताए । गोम्देन आफैले दिवंगत मातापिताकाे स्मरणमा १ सय घर परिवारको बीमा गरिदिने घोषणा गरेको जानकारी उनले दिए । 

आधारभुत स्वास्थ्य सेवाबाट नगरका कुनै नागरिक बञ्चित हुनुहुँँदैन भन्दै गोम्देनले सहयोगी दाताहरुसँग सहकार्य गरेर नगरका अझ धेरै बिपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा गर्ने वाताबरण बनाउने बताए ।