बिर्तामोड । झापाको बिर्तामोडमा नयाँ मार्केट सञ्चालनमा आएको छ । शनिश्चरे रोडको ट्याक्सी स्टेण्ड नजिकै आइतबारदेखि कोईराला मार्केट सञ्चालनमा आएको हो । 

koi

कुल ३५ वटा सटर रहेको मार्केटमा कपडा, जुत्ता चप्पल, कस्मेटिक्स, खाद्यान्न लगायतका सामग्री उपलब्ध हुने जनाईएको  छ । बिर्तामोडमा एकीकृत बजार सञ्चालन गर्ने होडवाजीका बीचमा कोईराला मार्केट सञ्चालनमा आएको हो । दुई कठ्ठा क्षेत्रफलमा फैलिएको मार्केटको बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईँले उद्घाटन गरेकी छन् ।

मार्केटको माथिल्लो तलामा सहकारी र बिरयानी हाउस सञ्चालनमा छन् भने भुई तलामा खानेपानी, शाैचालयसहितकाे किनमेलकाे गन्तब्य निर्माण गरिएकाे सञ्चालक चण्डिराज काेईरालाले जानकारी दिए । उनले दिन प्रतिदिन घना शहरीकरणका रुपमा विकास भईरहेकाे बिर्तामाेडमा एउटा ईंटा थप्ने प्रयास गरिएकाे बताए । 

डेढ करोडकाे  लागतमा निर्माण भएकाे मार्केटमा साउन २७ गतेदेखि भदौ १०गतेसम्म विशेष छुटको व्यवस्था रहेकाे उनले बताए । मार्केटका व्यवस्थापक महाप्रसाद काेईरालाले त्यहाँ रहेका व्यवसायीसमेतकाे सहयाेगमा मार्केट तयार गर्न सकिएकाे बताए । 

बिर्तामाेड नगरपालिकाका मेयर पवित्रा महातारा प्रसाईँले बिर्तामाेडमा पुर्वृकै किनमेलकाे गन्तब्य बनाउन लागि परेकाे धारणा राखिन् । उनले रात्रीकालिन व्यवसाय, पार्किङ्काे व्यवस्था, सफा शहर र सडक बत्ती जडान कार्यलाई तत्काल सुचारु गर्ने प्रतिबद्धता जनाइन् । 

बिर्तामाेड उद्याेग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले व्यवसायी र घरधनीबिचकाे सम्बन्ध सुमधुर रहनुपर्ने बताए । उनले मनखुशी भाडा नबडाउन अनुराेध पनि गरे । कार्यक्रममा बिर्तामाेड नगरपालिका वडा न ५ का अध्यक्ष राेहित प्रसाई,वाणिज्य संघका महासचिव कुशल खतिवडा लगायतका व्यवसायीकाे सहभागिता रहेकाे थियाे ।