बिर्तामाेड । झापाकाे कनकाई नगरपालिका वडा न ६ मा उपनिर्वाचन हुने भएकाे छ । निर्वाचन आयाेगले सुचना प्रकाशित गरेर उपनिर्वाचनकाे तयमरी गरिरहेकाे जनाएकाे छ । आयाेगले निर्वाचन गर्नका लागि सरकारकाे निर्णय पर्खेकाे बताएकाे छ ।
२०७९ मा भएकाे निर्वाचनमा साे वडामा नेकपा एमालेका उम्मेद्वार दीर्घबहादुर थापा निर्वाचित भएका थिए । क्यान्सर पीडित थापाकाे अघिल्लाे बर्षकाे असारमा निधन भएकाे थियाे । आयाेगले बिभिन्न कारणबाट खाली भएका स्थानमा निर्वाचन गराउने निर्णय गरेपछि यस वडामा पनि निर्वाचन हुन लागेकाे हाे ।
कनकाई ६ सहित देशैभर निर्वाचन गराउने तयारी गरिरहेकाे आयाेगले जनाएकाे छ । यसै शिलशिलामा काेशी प्रदेशकाे सातवटा स्थानीय तहमा निर्वाचन हुने भएकाे छ । झापाकाे कनकाई-६ सहित माेरङ्काे ग्रामथान गाउँपालिकामा अध्यक्ष पदमा, सुनसरीकाे गढी गाउँपालिका-६, तेह्रथुमकाे लालीगुराँस गाउँपालिका-८, ओखलढुंगाकाे माेलुङ गाउँपालिका-५, उदयपुरकाे त्रियुगा नगरपालिका-१२ र उदयपुरकै बेलका नगरपालिका-८ मा उपनिर्वाचन हुन लागेकाे हाे ।
आयाेगले स्थानीय तहका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न अनुराेध पनि गरेकाे छ । निर्वाचनकाे मिति ताेकेपछि मतदाता नामावली संकलन कार्य स्थगित हुने भएकाे हुनाले अहिले नै नामावली दर्ता गर्न आग्रह गरिएकाे आयाेगका सहप्रवक्ता रघुराम बिष्टद्धारा जारी सुचनामा उल्लेख छ ।