बिर्तामोड । झापाको बिर्तामोडमा रहेको होटल हिकोला हेरिटेजले १० औं वार्षिकोत्सव मनााएको छ ।
होटल व्यवसायी देवीभक्त श्रेष्ठले सञ्चालन गरेको होटल २०७२ सालमा स्थापना भएको थियो । सो होटल तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाले उद्घाटन गरेका थिए ।
पर्यटन विकासका लागि टेवा पु¥याउँदै आएको होटलको बार्षिकोत्सवमा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा,नेपाल नागरिक उड्डयन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्री , लगयतले शुभकामना मन्तव्य राखेका थिए ।
‘पर्यटन प्रवद्र्धनमा हिजो, आज र भोलि” विषयक अन्तरक्रिया समेत आयाोजना गरिएको थियो । कार्यक्रममा सामाजिक अभियन्ता विनोद खनालले पर्यटन प्रवद्धनमा साहित्य क्षेत्रको योगदान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुले झापा सहित पूर्वको पर्यटन क्षेत्रको विकासका लागि सबै जुट्नु पर्ने बताएका थिए । होटलका सञ्चालक गौरव श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुव्रत न्यौपानेले गरेका थिए ।
श्रेष्ठले होटल हिकोला हेरिटेजको अर्को शाखा काँकडभिटामा खोलेका थिए । काँकडभिटाको होटल सञ्चालन भइरहेको समयमा घरधनीले सम्झौता विपरित हडपेका छन् । त्यसको मुद्दा उच्च अदालतमा बिचाराधिन छ । उनले काँँकडभिटाको होटलमा समस्या उत्पन्न नभएको भए इलाम र चन्द्रगढीमा पनि होटल स्थापना गरेर पर्यटन प्रवर्दनमा योगदान गर्ने योजना रहेको बताए ।