अर्जुनधारा । झापाको अर्जुनधारा- ३ खुदुनाबारीमा अन्तर नगरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
खुदुनाबारी गोल्डकपको चौथो संस्करणको रुपमा अन्तर नगरपालिका स्तरीय नक आउट फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो ।
अर्जुनधारा नगरपालिका वडा न-१,२, ३ को आयोजना हुने प्रतियोगिता कार्तिक २६ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिबसताक्षी, गौरादह, दमक नगरपालिका तथा इलामको माई नगरपालिकाको एक र आयोजकको एक गरेर १० टिमको सहभागिता रहने छ ।
प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैया खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताको बिजेताले १ लाख ११ हजार २११ तथा उपविजेताले ५५ हजार ६५५ रुपैया नगद पुरस्कार, मेडल तथा ट्रफी पाउने छन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार रुपैया पुरस्कार प्रदान गरिने छ । फाइनलका बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैया पुरस्कार पाउने आयोजक समितिका संयोजक सिताराम भट्टराईले जानकारी दिए ।
अर्जुनधारा-३ को कैदले प्राकृतिक रंगशालामा हुने प्रतियोगितामा झापाका नगरपालिका तथा स्थानीय संघ सस्थाको आर्थिक सहयोग रहने जनाईएको छ । पत्रकार सम्मेलनमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गाेम्देन, नगरपालिकाका पुर्व उपप्रमुख कमला खतिवडा, स्थानीय सामाजिक क्षेत्रका अगुवा लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन नगरस्तरीय खेलकुद बिकास समितिका सचिव खगेन्द्र लिङ्देनले गरेका थिए ।