अर्जुनधारा । झापाको अर्जुनधारा १ मा रहेको हचुमासा सामुदायिक वन उपाभोक्ता समूहको अध्यक्षमा अम्बरबहादुर राई निर्वाचित भएका छन् । निर्वाचनमा राईसहित तीन जनाले अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए ।

नवनिर्वाचित राईले ३४२ मत ल्याउँदा प्रतिद्वन्द्वी चन्द्रप्रसाद प्रसाईले ३२१ र सन्तबहादुर मगरले १८९ मत ल्याए । प्रसाई निवर्तमान अध्यक्ष हुन् । यसैगरी, उपाक्ष्यक्षमा कमलबहादुर फुयलले ४४० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी हेमबहादुर लम्सालले ३२५ मत ल्याए भने महिला सचिवमा विमलादेवी बुर्जा मगर ३८९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी भद्रिका विश्वकर्माले ३६१ मत ल्याइन् ।

यसैगरी, सहसचिव पदमा तेजबहादुर मगरले ४५२ मत ल्याएर विजयी हुँदा यामबहादुर राईले २८४ मतमा चित्त बुझाएका छन् । कोषाध्यक्ष पदमा आरती थेवेले ३६० मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी सीता खतिवडाले ३३२ मत ल्याएकी छन् । यसैगरी, महिला सदस्यमा उषा कडरिया ४०६, चन्द्रकला काफ्ले ३३०, मनुषा बस्नेत बानियाँ ३२३ र मुना पाठक रिजालले  ३०६ मत ल्याउँदै विजयी बनेका छन् ।

यसैगरी, पुरुष सदस्यमा खड्गबहादुर लिम्बू २०८ र योगेश येक्तेन लिम्बूले १९३ मत ल्याएर विजयी हुँदा जनजाति सदस्यतर्फ मनबहादुर मगर ३०१, दलित सदस्यतर्फ मुनाकुमारी कामी ३१८ मत ल्याएर सदस्यमा निर्वाचित भएका छन् । समूहको १३ सदस्यीय पदाधिकारी तथा सदस्यमा ३१ जनाले उम्मेद्वारी दिएका थिए ।