बिर्तामोड । नेकपा एमालेको पकड क्षेत्र मानिएको बिर्तामोड-७ को सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा एमाले इतरका दल समर्थकले विजय हासिल गरेका छन् ।
नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा करिव ३० वर्षदेखि निचाझोडा वनमा एकलौटी वर्चस्व राखेको एमालेले विरासत गुमाएको हो । एमालेबिरुद्व खडा भएका नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, रास्वपा लगायतको गठबन्धनले निर्वाचनमा क्लिन स्विप गरेको छ ।
अहिले केही बेर अगाडि सार्वजनिक मत परिणाम अनुसार अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद सावा लिम्बुले ४८४ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी एमालेका सुर्ययबहादुर भट्टराइले २५३ मत मात्र प्राप्त गरे । २३१ मतको अन्तरमा लिम्बू बिजयी भएका छन् ।
उपाध्यक्षमा गडबन्धनकै मंगलसिंंह साँवाले ४५६ मत ल्याएर विजयी भए । उनले एमालेका कुलप्रसाद साँवालाई हराए ।
सचिवमा ईन्दिरा अधिकारी वास्कोटा ४३२, सहसचिबमा जीवन कार्की ४१०, कोषाध्यक्षमा इन्दिरा देबी बाँस्कोटा ४३५ मत ल्याएर जित हाँसिल गर्न सफल भएका छन् ।
यसैगरी महिला सदस्यमा मञ्जु कटेल, शान्ता उप्रेती,
मनमाया हस्दा, सावित्रा सार्की र बुधराज लिम्बू निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कोशी प्रदेशका मन्त्री एकराज कार्की बिर्तामोड ७ का स्थानीय बासिन्दा हुन् । सोही वडामा निचाझोडा वन छ । कार्की २१ वर्ष सो वनको अध्यक्ष रहेका थिए । २०७१ सालमा समुदायलाई हस्तान्तरण गरिएको सो वनमा २०५२ देखि २०७३ सम्म कार्की अध्यक्ष रहेका थिए । त्यसपछि २०७३ देखि २०७८ सम्म नेपाली कांग्रेसकी रेनुका उप्रेती अध्यक्ष बनेकी थिइन् । एक कार्यकाल कांग्रेसले चलाएपनि त्यसपछि एमालेकै बद्री प्याकुरेलले २०७८ देखि २०८२ सम्म अध्यक्षको कार्यभार सम्हालेका छन् ।
मन्त्री कार्की नै अध्यक्ष रहेको गरामनी क्याम्पसमा एमालेनिकट अनेरास्ववियूले लज्जास्पद हार बेहोर्नुपरेको थियो । क्याम्पसमा भएको स्ववियू निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्यानल नै जितेको थियो ।