बिर्तामाेड । झापामा व्यवसायिक रुपमा टेबल टेनिसकाे तालिम प्रदान गरिने भएकाे छ । झापाकाे व्यस्त शहर बिर्तामाेडमा टेबल टेनिस खेलकाे तालिम प्रदान गर्न लागिएकाे हाे । 

coverd 1

बिर्तामाेडका व्यवसायी तथा टेबल टेनिसका पूर्व खेलाडी सन्ताेष अग्रवालकाे सक्रियतामा बिर्तामाेडमा टेबल टेनिसकाे तालिम प्रदान गर्न लागिएकाे हाे । 

झापा जिल्ला टेबल टेनिस संघले बिर्तामाेड-५ काे बिग ब्रदर कभर्ड हलमा यसकाे तालिम प्रदान गर्न लागेकाे जनाएकाे छ । तालिममा प्रशिक्षक प्रकाश राईले प्रशिक्षण दिने जनाइएकाे छ । संघका झापा अध्यक्ष सन्ताेष अग्रवालले ओझेलमा परेकाे टेबल टेनिसकाे छवि अगाडी ल्याउन सबैले एकजुट हुनुपर्ने बताए । 

जिल्ला खेलकुद विकास समिति मातहतमा रहेकाे संघले कभर्ड हलमा अन्तराष्ट्रिय टेबल टेनिस फेडेरेसनबाट प्रमाणित तीनवटा बाेर्ड राखेर तालिम प्रदान गर्न  सुरु गरेकाे हाे । कभर्ड हलका सञ्चालक उमेश बाेहराले संघकाे अनुराेधमा कभर्ड हल उपलब्ध गराएकाे बताइएकाे छ ।

'हालसम्म बिद्यालयले टेवल टेनिसकाे गरिमा थामेका छन्, अग्रवालले भने-'यसलाई व्यवसायिक रुप दिएर अन्तराष्ट्रिय मञ्चबाट अवार्ड जित्ने अवस्था सृजना गर्न हामी अग्रसर भइरहेका छाैं ।' उनले निकट भविष्यमा जिल्ला स्तरकाे प्रतियाेगिता आयाेजना गर्न लागेकाे जानकारी दिंदै यसअघि टेबल टेनिस खेल खेल्न नपाएका खेलाडीलाई प्रशिक्षण गर्न सहज अवस्था निर्माण भएकाे बताए । 

यसैबीच झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले टेवल टेनिस कभर्ड हलकाे उद्घाटन गरेका छन् । भण्डारीले अग्रवालकाे नेतृत्वकाे टिमले टेवल टेनिस खेलमा देखाएकाे सक्रियता लाेभलाग्दाे रहेकाे बताए । उनले यसकाे व्यवसायिक तथा दीर्घकालिन स्थायित्वकाे कामना गर्दै  जिल्ला खेलकुद समितिबाट आवश्यक पर्ने जस्ताे सुकै सहयाेग गर्न तयार रहेकाे बताए । 

कार्यक्रममा टेवल टेनिसका पूर्व राष्टिय खेलाडी तथा संघकाे पूर्व जिल्ला अध्यक्ष शेखर ढकाल, बिर्तामाेड नगरपालिका-५ का अध्यक्ष राेहित प्रसाईं, सिम्रीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराई लगायतकाे उपस्थिति रहेकाे थियाे ।