बिर्तामाेड । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चाैधरी पक्राउ परेका छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता घोषणासभा स्थलबाट चाैधरी पक्राउ परेका हुन् । 

चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ । ती दुई पार्टीबिच बिहान ११ बजेका लागि घोषणा कार्यक्रम राखिएको थियो तर चौधरी पक्राउ परेपछि आजको घोषणा कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए ।

उनले रेशम चौधरी पक्राउ परेकोमा भर्त्सना गर्दै पार्टी एकीकरण हुनै लाग्दा चौधरीलाई प्रहरीले कार्यक्रम स्थलबाट पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको उनले बताए ।

उनले घोषणा कार्यक्रम स्थगित भएको भन्दै सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रह गरेका छन् । दुई पार्टी बिचको एकता घोषणा कार्यक्रम राजधानीको प्रज्ञा भवनमा राखिएको थियो ।