भद्रपुर । भद्रपुर नगरपालिका -९ जमदार चोककाे गिता कार्की पाैडेलकाे भान्साघरमा आगलागी भएकाे छ ।
बाँसको टाटीबेरा भएको भान्सा घरमा विद्युत सर्ट भई भान्साघरमा आगलागी हुदा भान्साघर भित्र रहेको अन्नपात, भाडावर्तन, काठपात पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ । घटनामा १ लाख ५० हजार रुपैंयाँ बराबरकाे क्षति भएकाे छ ।