बिर्तामोड । झापाको अर्जुनधारा-५ बिरीङखोलामा अवैध रुपमा नदीजन्य सामग्री संकलन गर्दै गर्दा एउटा ट्याक्टर नियन्त्रणमा परेको छ ।
अबैध रुपमा बालुवा उत्खनन गर्दे गरेको भन्ने जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय घैलाडुब्बा प्रहरी टोली खटि गई अबैध रुपमा बालुवा उत्खनन गर्दे गरेको अवस्थामा मे १ त ६५३३ नं. को ट्याक्टर नियन्त्रणमा परेको हो ।
प्रहरीले ट्याक्टर सहित चालक अर्जुनधारा-५ बस्ने संजीब दनुवार समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि अर्जुनधारा नगरपालिका कार्यालयमा बुझाएको छ ।