बिर्तामाेड । झापा जिल्ला टेवल टेनिस संघकाे आयाेजनामा आगामी जेठ ३१ गते बिर्तामाेडमा टेबल टेनिस प्रतियाेगिता हुने भएकाे छ । संघका अध्यक्ष सन्ताेष अग्रवालले जिल्लास्तरीय प्रतियाेगिताकाे तयारी सुरु गरिएकाे जानकारी दिए । 

प्रतियाेगितामा झापा जिल्लाका निजी तथा सामुदायिक बिद्यालयका बिद्यार्थी सहभागी हुने आयाेजकले जनाएकाे छ । प्रतियाेगितामा जुनियर ब्वाइज/गल्स, सिनियर ब्वाइज/गल्स र सिनियर डबल्स फरमेटमा गर्ने तयारी भइरहेकाे अग्रवालले बताए । 

tt

बिर्तामाेडकाे बिग ब्रदर स्पाेर्टस सेन्टरमा हुने प्रतियाेगितामा जिल्लाका करिब २५ वटा बिद्यालयका २०० खेलाडी सहभागी हुने बताइएकाे छ । प्रतियाेगिताका लागि प्याब्सनसँग सहकार्य भइरहेकाे जनाइएकाे छ । प्रतियाेगिता सम्पन्न गर्न २ लाख रुपैंयाँ खर्च हुने आयाेजकले जनाएकाे छ । 

प्रतियाेगितामा उत्कृष्ट भएका खेलाडीले प्रदेशस्तरीय प्रतियाेगितामा सहभागिता जनाउने बताइएकाे छ । स‌घका सदस्य तथा काेच प्रकाश राईका अनुसार काेशी प्रदेशमा झापाले टेवल टेनिस खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकाे छ । जिल्लास्तरबाट प्रतियाेगिता आयाेजना गरेर अर्काे प्रतियाेगितामा बलियाे दावेदारी प्रस्तुत गर्ने तयारी भइरहेकाे छ । 

प्रतियाेगिताकाे अवलाेकनका लागि नेपालकाे सिनियर र जुनियर दुबै बिधामा उत्कृष्ट खेलाडी ईभाना थापा र झापाकाे पहिलाे अन्तराष्ट्रिय खेलाडी तथा साउथ एशियन गेममा कास्य पदक बिजेता सिक्का सुवाल श्रेष्ठसमेत सहभागी हुने तयारी रहेकाे छ । श्रेष्ठ झापा जिल्ला टेवल टेनिस संघका सदस्यसमेत हुन् ।