बिर्तामाेड । भारतबाट लुकाई छिपाई नेपालतर्फ आइफाेन ल्याउने एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ । हिजाे दिउँसाे मेचीनगर-१२ धुलाबारी बस स्ट्याण्डबाट १३ थान माेवाइलसहित एकजना भारतीय नागरिक पक्राउ परेका हुन् । 

प्रहरीले ईटहरी जान लागेका भारतकाे बंगाल  बस्ने अं. बर्ष ६५ को नुर आलमलाई पक्राउ गरेकाे जनाएकाे छ । उनकाे झाेलाबाट आइफाेन १३ प्राे म्याक्स १ थान,  आइफाेन १२ प्राे म्याक्स २ थान,  ३ थान आइफाेन १२, ६ थान आइफाेन ११ र आइफाेन एक्स आर १ थान बरामद भएकाे प्रहरीले जनाएकाे छ । 

बरामद माेवाइलकाे मुल्य ५ लाख ४० हजार रुपैंयाँ राखेर आवश्यक कारवाहीकाे लागि शुक्रबार मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएकाे छ ।