बिर्तामोड । झापामा पहिलो पटक आयोजित जिल्लास्तरीय टेवल टेनिस प्रतियोगिताको उपाधी अधिकारी र भट्टराईले हात पारेका छन् ।

Messenger_creation_A3BAB0E1-FEEC-4FA8-898C-3EEF2F68C9BE

झापा जिल्ला टेवल टेनिस संघको आयोजनामा बिर्तामोडको विग व्रदर कभर्ड हलमा आयोजित प्रतियोगिताको उपाधी बिर्तामोडका स्वयम् अधिकारी र अर्जुनधाराका निर्जला भट्टराईले हात पारेका हुन् ।

विभिन्न ६ वटा बिधामा आयोजना गरिएको प्रतियोगितामा झापाका ११० जना खेलाडी सहभागी रहेको प्रशिक्षकसमेत रहेका संघका  जिल्ला सदस्य प्रकाश राइले जानकारी दिए ।

प्रतियोगिताको जुनियर ब्वाइज समूहमा हरिकुल नमुना मावी, कनकाईका दिवस खड्का प्रथम, निश्चल घिमिरे दोस्रो र लोकेन्द्र पनेरु तेस्रो भए ।

यसैगरी जुनियर गल्स तर्फ ल्होत्से इङ्लिस स्कुल धुलाबारीका इशा लिम्बू प्रथम, ल्होत्सेकै चाहना नेम्वाङ दोस्रो र केरखा पब्लिक स्कुलका अनन्या कार्की तेस्रो भए ।

सिनियर ब्वाइज तर्फ बिर्तामोडका स्वयम अधिकारी, प्रथम, दिपक भेटवाल दोस्रो र खुदुनाबारीका गौरब इङनाम तेस्रो भए ।

सिनियर गल्समा अर्जुनधाराका निर्जला भटराई प्रथम, केरखाका अनन्या कार्की दोस्रो र कनकाईकी युना शिवाकोटी तेेस्रो भए ।

प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस्तै ब्वाईज डबल्समा गौरब ईङनाम र टप्सन खड्का, खुदुनाबारीको जोडी प्रथम भएको छ । दिपक भेटवाल र स्वय अधिकारीको जोडी दोस्रो तथा अनुज खरेल र अञ्जिल दुलाल, कनकाईको जोडी तेस्रो भएको छ ।

गल्स डबल्समा ईशा लिम्बु र प्रेक्षा खनाल मेचीनगरको जोडी प्रथम, आभा पोखरेल र रोनिसा श्रेष्ठ, बुद्वशान्तिको जोडी दोस्रो तथा निर्जला भटराई र एलिसा दवाडी, अर्जुनधाराको जोडी तेस्रो भएको छ ।

पुरस्कार वितरण समारोहमा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, संघका जिल्ला अध्यक्ष सन्तोष अग्रवाल, पूर्व अध्यक्ष शेखर ढकाल, बिर्तामोड-५ का अध्यक्ष रोहित प्रसाईं, कभर्ड हलका सञ्चालक अनुस्का बोहोरा लगायतको आतिथ्यता रहेको  कार्यक्रम संयोजक विपिन तुलाधरले जानकारी दिए ।