बिर्तामोड । अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्षका ९५ करोड ९ लाख २१ हजार रुपैया बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको पूर्वाधार विकास सम्बन्धी आयोजनाका लागि १४ करोड ११ लाख, वडास्तरीय कार्यक्रमका लागि ९ करोड ९० लाख, सामाजिक विकास सम्बन्धी कार्यक्रमहरुका लागि ५ करोड ७९ लाख, आर्थिक विकास सम्बन्धी कार्यक्रमहरुका लागि ३ करोड ५३ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ६० लाख, संस्थागत विकास तथा सुशासन सम्बन्धि कार्यक्रमहरुका लागि १ करोड ५० लाख, वित्तीय व्यवस्थाका लागि २५ लाख तथा नगरपालिकाको प्रशासनिक खर्च व्यवस्थाका लागि १४ करोड ७८ लाख रुपैया नगरले विनियोजन गरेेको छ ।

नगरले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको वित्तीय समानिकरण अनुदान १६ करोड ८७ लाख, राजश्व बाँडफाँड बापत १३ करोड ९४ लाख, सशर्त अनुदान ३२ करोड ९५ लाख, विशेष अनुदान १ करोड १ लाख, समपुरक अनुदान ३ करोड १४ लाख प्राप्त गर्ने अनुमान गरेको छ ।

त्यस्तै, कोशी प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान १ करोड ५९ लाख १४ हजार, राजश्व बाँडफाँड बापत १ करोड ५४ लाख ९९ हजार, सशर्त अनुदान २ करोड ४३ लाख २१ हजार, समपुरक अनुदान ६० लाख प्राप्त गर्ने अनुमान गरेको छ।

यस्तै, नगरपालिकाको आन्तरिक कर तथा राजश्व संकलनबाट ८ करोड, स्थानीय राजश्व बाँडफाँडबापत ७ करोड ५० लाख , जनसहभागिता बापत २ करोड ५० लाख तथा नगद मौज्दात ३ करोड ८७ हजार प्राप्त हुने अनुमान गरेको आज सम्पन्न नगरसभामा जनाईएको छ ।

अर्जुनधारा नगरपालिकाको आ.व. ०८२/८३ को वार्षिक बजेट, नीति तथा कार्यक्रम

Messenger_creation_B7B9E03B-D3FD-45DC-A133-DE6393F4B2DD

यस गरिमामय नगरसभाका अध्यक्ष महोदय, नगर सभाका सम्पूर्ण पदाधिकारी सदस्यहरु, पत्रकार लगायत यो नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु,

अर्जुनधारा नगरपालिकाको उपप्रमुखको हैसियतमा यस गरिमामय १७ औं नगरसभामा आगामी आ.व.२०८२/८३ को वार्षिक बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ ।

सर्वप्रथम संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी हामीलाइ यो अवस्थामा आउन सक्ने वातावरण बनाउन आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु ।

यसक्रममा भएका सबै आन्दोलन तथा संघर्षको नेतृत्व गर्नुहुने अग्रजहरु साथै बेपत्ता परिवार, घाइते अपाङ्ग तथा आन्दोलनमा अमूल्य योगदान गर्ने सम्पूर्ण दिदीवहिनी दाजुभाइ प्रति उच्च सम्मान व्यक्त गर्दछु ।

नगरपालिकाको आवश्यकता तथा जनचाहाना अनुरुप लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित आर्थिक सामाजिक रुपान्तरणका लागि " पूर्वाधारको विकास गरिबीको अन्त्य- समृद्ध अर्जुनधारा सवैको गन्तव्य" भन्ने मूल नाराका साथ अगाडी बढेको यो नगरपालिकाले "समृद्ध नेपाल सुखी नेपाली"को राष्ट्रिय आकाङ्क्षा समेतलाई ध्यानमा राखी आर्थिक वर्ष ०८२/०८३ को वार्षिक बजेट नीति तथा कार्यक्रममा निम्न विषयहरुमा प्राथमिकता दिइएको छ ।

नगरपालिकाको समृद्धिका लागि आर्थिक तथा सामाजिक विकासमा जोड दिने ।

पूर्वाधार विकासका योजनाहरुलाई प्राथमिकिकरण गरी संघीय तथा प्रदेश सरकारको योजनामा समावेश गराउने ।विगतमा निर्माण सुरु भएर पुरा हुन नसकेका योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर सम्पन्न गराउने ।

विगतमा बनेका कानूनहरुको समीक्षा गर्ने र आवश्यक संसोधन गर्ने । नगरपालिकाको लागि आवश्यक थप कानुनहरु निर्माण गर्ने ।

उद्यमशिलता मैत्री शिक्षाको नीति अवलम्वन गर्ने ।

हात्ती प्रभावित राहात कार्यक्रमलाई निरुत्साहित गर्दै हात्ती प्रभावित वीमा कार्यक्रम प्रवर्द्धन गर्ने ।

सुपारी प्रवर्द्धन अन्तरगत अनुसन्धान र प्रशोधन केन्द्र स्थापना गर्ने तथा सुपारी क्षेत्र विस्तार गर्ने ।

दुध, मासु, सुपारी र वाँसजन्य व्यवसायलाई स्तरवृद्धी गरी उत्पादन, गुणस्तर तथा रोजगारी वृद्धि गर्ने ।

सुकुम्वासी तथा अव्यवस्थित वसोवासीलाई धनीपूर्जा वितरण गर्ने ।

चालु आर्थिक वर्षको समिक्षा

सभाध्यक्ष महोदय,

अब म चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट, नीति तथा कार्यक्रमको संक्षेपमा समिक्षा प्रस्तुत गर्दछु ।

चालु आर्थिक वर्षका लागि हामिले संशोधन सहित रु १ अर्ब १३ लाख ३७ हजार २५२ रुपैया ७८ पैसा बराबरको बजेट तथा कार्यक्रम स्वीकृत गरेकोमा हालसम्म ८७ करोड ४३ लाख २२ हजार ६९७ रुपैया ९० पैसा अर्थात ८७.३१ प्रतिशत आय प्राप्त भई सहेको छ भने हिजो मिति २०८२ साल असार ९ गतेसम्म कुल ७२.८२ प्रतिशत खर्च भएको छ ,जसमा चालु तर्फ ८३.९७ प्रतिशत र पुँजिगत तर्फ ६०.१८ प्रतिशत खर्च भएको छ ।विपद् राहत तथा विपद् केन्द्र निर्माण लगायत प्रकोप कोष खातामा ३ करोड ९७ लाख ४० हजार ९०५ रकम रहेकोमा ६९.७३ प्रतिशत रकम खर्च भएको छ भने विविध खर्च खाता तर्फ कुल १ करोड ५३ लाख १० हजार ९८१ रुपैयाबाट ४२.४९ प्रतिशत खर्च भएको छ ।

यसमा संघीय सशर्त अनुदानको चालु खर्च तर्फ ८६.४६ प्रतिशत र पुँजिगत तर्फ ४५.१३ प्रतिशत खर्च भएको छ भने प्रदेश सशर्त अनुदानको चालु खर्च तर्फ ४२.४८ प्रतिशत र पुँजिगत खर्चतर्फ ६९.६२ प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्ष पूर्वाधार निर्माणको सन्दर्भमा अर्जुनधारा नगरपालिकाकै ऐतिहासिक वर्षको रुपमा रहेको छ ।नेपाल सरकार तथा प्रदेश सरकारको सहयोग एवं नगरपालिकाको समन्वयमा नगरपालिकाका साना ठुला गरी २६ कि.मि. भन्दा धेरै सडक कालोपत्रे भएको छ, ४ कि.मि. सडकमा पेवर्स लगाइएको छ भने थप १७ कि.मि. सडक स्तरोन्नति गरिएको छ ।यसै गरी ७५०० मिटर नाला निर्माण गरिएको छ ,११ वटा पुल कल्भर्ट, थप २ कि.मि. सिँचाई नाला विस्तार, १२०० मिटर तटबन्धन, ११०० मिटर खानेपानी लाइन विस्तार तथा १३५ घरपरिवार टिनको छाना फेरिएको छ ।अर्जुनधारा ९ कटहरडाँडामा प्रदेशकै नमुना अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ भने अर्जुनधारा १ मदनपुरमा एकिकृत विपद् व्यवस्थापन केन्द्रको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।नगर गौरवको आयोजनाको रुपमा रहेको नगर प्रमुख विपन्न आवाश कार्यक्रम अन्तर्गत ५१ घरपरिवारका लागि आधारभुत सुविधासम्पन्न घर निर्माण गरिएको छ ।

आर्थिक विकास तर्फ चालु आर्थिक वर्षमा ७५२४ घरधुरी किसानहरु सुचिकरण हुनु भएको छ भने यसै वर्ष ९० थान स्यालो ट्युबवेल जडान गरी थप ३८० विगाहा क्षेत्रफलमा सिँचाई विस्तार गरिएको छ।१५५ विगाहा क्षेत्रफलमा तोरी खेति विस्तार गरिएको छ,१२० जना कृषकहरुलाई मौरिपालन तालिम दिइएको छ।एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत वडा नं १, २, ४, ६, ९, १० र ११ मा तरकारी खेती, वडा नं २ मा खरबुजा खेती, वडा नं ५ मा ड्रागन फल खेती र वडा नं ८ मा आलस खेती सञ्चालन गरिएको छ ।वैज्ञानिक सुपारी खेती सम्बन्धि तालिम दिई ४ हजार भन्दा बढी सुपारीका बिरुवा वितरण गरिएको छ । ४ हजार केजी भन्दा बढी नेपाली जातको उन्नत बीउ वितरण गरिएको छ।यस्तै, पशुपंक्षी तथा मत्स्य विकास शाखाबाट ३९ हजार पशुहरुलाई उपचार सेवा दिइएको छ ।नगरपालिका भरी १४ हजार पशुहरुमा खोरेत भ्याक्सिन, ७ हजार ८९१ लम्पी स्कीन डिजिज विरुद्धनको भ्याक्सिन, १५ हजार ७०१ पिपिआर भ्याक्सिन, ५००० स्वाइन फिभर विरुद्धको भ्याक्सिन लगाइएको छ भने २८२८ कुकुरमा रेबिज रोग विरुद्धको भ्याक्सिन लगाइएको छ ।नश्ल सुधार कार्यक्रम तर्फ ५३२७ गाइभैसीमा कृत्रीम गर्भाधान गरिएको छ ।४० जना कृषकहरुको गोठ सुधार गरिएको छ , ४६ जना भैँसीपालक कृषकहरुलाई ४१ लाख ४० हजार बरारबरको अनुदान वितरण गरिएको छ ।नगरपालिकामा माछाको भुर्राको नर्सरी स्थापना गरिएको छ, थुनेलो रोग नियन्त्रणका लागि नियमित दुध परीक्षण गरिएको छ जसले गर्दा ९० प्रतिशत थुनेलो रोग नियन्त्रण भएको छ ।यस्तै, डेरी प्रवर्द्धन कार्यक्रमको प्रभावस्वरुप ११ लाख ६५ हजार ३०० लिटर दुध संकलन भई कृषकहरुले ९ करोड ३२ लाख २४ हजार रुपैया आम्दानी गर्नु भएको छ ।

सामाजिक विकास तर्फ, हामीले चालु आर्थिक वर्षमा वडा नं १० मा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिरहेकोमा उक्त कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।यस्तै, प्रदेश सरकार, नगरपालिका र करुणा फाउन्डेसनसँगको त्रिपक्षीय साझेदारीमा करिब १३०० जना अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी थप उपचारको व्यवस्था मिलाइएको छ ।अपाङ्गता भएका व्यक्तिहरुको वडा वडामा मिलिजुली समूह गठन गरी आवश्यकता अनुरुप सिपमुलक तालिममा जोडिएको छ ।

चालु आ.व. मा २०० जना बढीलाई सिप विकाश सम्बन्धि बाँसको फर्निचर बनाउन तालिम, एड्भान्स व्यागझोला बनाउने तालिम, विपन्न दलित लाई नौमती बाजा बजाउने तालिम, कुक सम्बन्धि तालिम, लाइट ड्राइभिङ जस्ता कार्यक्रम सञ्चालन गरिएको छ । यसै गरि क्षमता विकाश अन्तर्गत करियर काउन्सिलिङ, लेखा सम्बन्धि तालिम, लोकसेवा आयोग तयारी कक्षा जस्ता कार्यक्रम सञ्चालन गरि करिव १७० जनालाई सेवा दिइएको छ भने सघंसस्था तर्फ सामुदायिक वन तथा सहकारी सस्ंथाहरुको लागी प्राविधिक तालिम, व्यबसायिक योजना तर्जुमा ,जोखिम कर्जा लगानीमा न्यूनिकरण,तथा असल अभ्यास आदानप्रदान गरि २३० जनालाई सहभागी गराइएको थियो ।

शनिश्चरे आयुर्वेद औषधालयमा सञ्चालित पूर्वपञ्चकर्म सेवा मार्फत चालु आर्थिक वर्षको हालसम्म ८००० भन्दा बढि र ७००० जना भन्दा बढिले बहिरङ्ग सेवा सेवा लिइसक्नु भएको छ ।यस्तै, स्वस्थ जीवनशैली सम्बन्धि अभिमुखिकरण ११ वटै वडामा सञ्चालन गरिएको भने विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरबाट ४०० भन्दा बढि बिरामीलाई सेवा प्रदान गरिएको छ ।आयुर्वेद गाउँघर क्लिनिकबाट १८०० भन्दा बढिले उपचार सेवा प्राप्त गर्नु भएको छ ।

चालु आर्थिक वर्षमा हामिले विपद् व्यवस्थापन तथा न्यूनिकरण, बजार व्यवस्थापन, रोजगारी तथा कृषि प्रवर्द्धन सम्बन्धि ऐन पारित गरेका छौँ ।नगरपालिकाबाट संघसंस्था दर्ता सम्बन्धि कार्य अघि बढाउन संस्था दर्ता निमायवली पारित गरेका छौँ ।नगरपालिकाको आवश्यकता बमोजिम नगर कार्यपालिकाको कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी नयाँ दरबन्दी तेरिज तथा संगठन संरचना कायम गरेका छौँ ।यस्तै, नगरपालिकाको वस्तुस्थिति सम्बन्धि जानकारीका लागि प्रविधिमा आधारित नगर पार्श्व चित्र निर्माणको अन्तिम चरणमा पुगेको छ ।नगरपालिकाले मैत्रीपूर्ण सम्बन्ध स्थापना गरेको हाम्रो मित्रराष्ट्र जापानको तोनो शहरसँगको समन्वयमा अर्जुनधारा-८ स्थित नयाँ कृषि बजारमा व्यवसायिक सिप विकास सम्बन्धि तालिम केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

न्यायिक समितिमा दर्त भएको १४५ मुद्दा मध्ये ५७ वटा मुद्दामा सहमति गराइएको छ भने २७ वटा मुद्दा मेलमिलापका लागि अदालत सिफारिस गरिएको छ ।नगरपालिकामा सुचिकृत मेलमिलापकर्ताहरुको क्षमता विकास सम्बन्धि कार्यक्रम, कानूनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

भूमि व्यवस्थापन तर्फ, हालसम्म सबै वडाका गरी जम्मा २५५ विगाहा ऐलेनी जग्गाको नाँपजाँच सम्पन्न गरिएको छ भने १७० अव्यवस्थित बसोवासीको जग्गा धनिपुर्जा प्रमाणपत्र प्राप्तिको अन्तिम चरणमा पुगेको छ ।

आगामी वर्षको वार्षिक नीति

अब म आगामी आर्थिक वर्ष २०८२/०८३ को मुख्य क्षेत्रगत नीति प्रस्तुत गर्न गइरहेको छु ।

आगामी आर्थिक वर्षमा सुपारीलाई आम्दानीको प्रमुख श्रोत वनाउन नगरपालिका भित्र संघीय सरकारको सहयोगमा सुपारी प्रवर्द्धन केन्द्र स्थापना गरि अनुसन्धान तथा प्रशोधनका कार्यहरु संचालन गरिनेछ । त्यसकालागि अर्जुनधारा नगरपालिका ५ स्थित पानीकल छेउको १३ विगाहा १९ कठ्ठा १२.५ धुर जग्गा नेपाल कृषि अनुसन्धान परिषदलाइ उपलव्ध गराउने प्रकृया पुरा गर्न कृषि मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाउने तयारी भइरहेकोछ ।

सुपारी प्रवर्द्धन कार्यक्रम अन्तरगत नै सुपारीका पात तथा जटा प्रशोधनका लागि सम्माननीय सभामुख देवराज घिमिरेको पहलमा चिनियाँ सरकार तथा अन्य दातृ निकायको सहयोगवाट प्रविधि सहयोग जुटाई कृषकहरुलाई व्यवसायिक बनाइनेछ ।

सुपारी अनुसन्धानका लागि विश्वमा पाइने २० प्रजातीको सुपारीहरुको नमूना प्रदर्शनी र र उत्कृष्ट जातको व्यवसायिक नर्सरी गरी किसानलाई वितरण गर्ने कार्यक्रम संचालन गरिनेछ ।

सुपारी संगै बहुतले मरिच, बेसार तथा पानको खेतिको विकास तथा विस्तार गरिनेछ ।

धान मकै को व्यवसायिकतामा विशेष जोड दिइनेछ ।

कृषिमा आकर्षण वढाउन भूमि, कृषि सामाग्री, वीमा, खरिद संझौता र बजार विचको परिपुरकतालाई जोडदिइ बलियो प्रणाली विकास गरिनेछ र कृषि क्षेत्रको जुनसुकै विधामा उद्यम गर्न चाहानेलाई यो प्रणालीमा आवद्ध गरी संघीय सरकारको सहयोगमा पाइलट प्रोजेक्ट सुरुवात गरिनेछ ।

सवैतापक्रममा व्यवसायिक रुपमा ताजा तरकारी बाह्रै महिना उत्पादन गर्न Green house प्रविधिको सुरुवात गरिनेछ ।

कृषि बीमा कार्यक्रमलाइ प्रभावकारी रुपमा संचालन गरिनेछ । अर्जुनधारा-८ मा रहेको व्यवसायिक कृषि थोक बजारलाई सञ्चालनमा ल्याइनेछ तथा वीउ उत्पादन प्रशोधन र बजारीकरणलाई प्राथमिकतामा राखिनेछ ।

माटोको जैविक गुणमा ह्रास आउन नदिन प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन दिदै प्राङ्गारिक खेती गर्न इच्छुक किसानहरुलाई अग्रीम सुचिकृत गरी आवश्यक प्राविधिक सहयोग तथा अनुदान उपलव्ध गराइनेछ ।

सभाध्यक्षज्यू,

दीगो वन व्यवस्थानमा आधारित वन संवर्द्धन गर्दै वन श्रोतको उचित उपयोग गरिनेछ वन पैदावार उत्पादन वृद्धिगरी आन्तरिक आपुर्ती रोजगारी सृजना र आयात प्रतिस्थापनमा जोड दिइनेछ । सामुदायिक वनको व्यवस्थापन सुदृढ गर्दै वनमा आधारित श्रोतको उचित उपयोग गरिनेछ

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै राहात प्रणालीलाई वीमा प्रणाली संग एकिकृत गरिनेछ ।हात्ती प्रभावितहरुलाई दिइने न्यून राहातको सट्टा क्षतीको पूर्तीहुने गरी वीमा कार्यक्रम संचालन गरिनेछ । आगामी आ.व.वाट १०० घरधुरी हात्ती प्रभावितहरुको वीमा गरिने लक्ष्य लिइएको छ ।

हात्तीले पार गर्ने परम्परागत बाटोहरु सुरक्षित राखी सो क्षेत्रमा सडक निर्माण तथा घर निर्माणलाई निरुत्साहित गरिनेछ । पशुपंक्षी वास बगैचाको संरक्षण सम्वर्द्धन तथा खाली रहेको वनक्षेत्रमा वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ ।

सभाध्यक्षज्यू,

वाँसको व्यवसायिक उत्पादन भइरहेको विशेष गरी सिंगै वाँस विक्रिगर्ने परिपाटि रहेकोमा चिनियाँ सरकार सहित विभिन्न दातृनिकायको सहयोगवाट बाँसबाट बनाइने मुढा तथा अन्य फर्निचर एवम जरावाट वनाइने सजावटका सामाग्रीहरु समेतको उत्पादन र बजार प्रवर्द्धन गरी रोजगारी सृजना गरिनेछ ।

कृषि लगायत स्थानीय कच्चा पदार्थ, उद्यमशिलता र सीपमा आधारित औद्योगिक विकासलाई प्रोत्साहित गरिनेछ ।

उपभोक्ता हित संग सम्वन्धित संस्थागत व्यवस्था विस्तार गरिनेछ । कालोवजारी, सिण्डिकेट कार्टेलिङ आदि नियन्त्रण गरी वजारलाई स्वच्छ प्रतिस्पर्धी र उपभोक्तामैत्री वनाइनेछ ।

सभाध्यक्षज्यू

मौजुदा स्वास्थ्य संस्थामा आधारभूत स्वास्थ्य सेवाको सुनिश्चित गरिनेछ । आवश्यक प्राथमिक स्वास्थ्य सेवाका लागि आवश्यक सामाग्री हरु उपलव्ध गराउन नगरस्तरमा आकाश्मिक स्वास्थ्य सेवा कोष स्थापना गरिनेछ ।

एकवडा एक चिकित्सक कार्यक्रम अन्तर्गत नगरपालिकाबाट एक जना मेडिकल अधिकृत नियुक्ति गरी आवश्यकता अनुसार हरेक वडामा कम्तिमा महिनामा एकदिन चिकित्सकीय सेवा संचालनको सुरुवात यसै आववाट गरिनेछ ।

आमा समुह पोषण कार्यक्रम संचालन गरी स्वस्थ्य बच्चा जन्माउन तथा पोषिलो खाना व्यवस्थापनका लागि शिक्षा, कृषि तथा पशुसेवा शाखा सँग समन्वय गरी एकिकृत कार्यक्रम संचालन गरिनेछ ।

पूर्वकर्म पञ्चकर्म (थेरापी) सेवा तथा गाउँघर क्लिनिक सेवाको विस्तार गरि अर्जुनधारा, शनिश्चरे र खुदुनाबारी सम्म पुर्याइनेछ ।

"स्वास्थ जीवनशैली" कार्यक्रम अन्तरगत शरीर मन, आत्मा र वातावरण बिच सन्तुलन कायम गर्न बस्ती स्तरमा विशेष अभिमुखीकरण कार्यक्रम संचालन गरिनेछ ।

सभाध्यक्ष महोदय,

कक्षा १-५ को स्थानीय विषय अन्तरगत "हाम्रो अर्जुनधारा" लेखन, छपाई तथा वितरण गरिनेछ ।

विषयगत शिक्षक समुह गठन गरी विषयगत समस्या तथा समाधानका उपायहरु पहिचान गरी शैक्षिक उपलव्धी वृद्धि गरिनेछ ।

जिल्लास्तरीय हाजीरी जवाफ प्रतियोगिता संचालन गरी सामान्य ज्ञान प्रवर्द्धन कार्यक्रमलाई जोड दिइनेछ ।

व्यवहारिक शिक्षण अभ्यास प्रशिक्षण कार्यक्रम संचालन गरी दुना टपरी बनाउने, बत्ति कात्ने, प्लम्विङ, हाउस वाइरिङ, डल वनाउने, स्वीटर बुन्ने, मोजा बुन्ने जस्ता तालीमहरु संचालन गरिनेछ ।

अन्तर विद्यालय शैक्षिक सामाग्री प्रदर्शनी तथा असल अभ्यास आदान प्रदान कार्यक्रम संचालन गरी विद्यालयको शैक्षिक गुणस्तरमा एकरुपता कायम गरिनेछ ।

विद्यालयहरुमा शिक्षक तथा कर्मचारिको इ हाजीरी जडानको आवश्यक प्रक्रियापुरा गरी डिजिटल वनाइनेछ ।

सामुदायिक विद्यालयहरुमा विषयगत शिक्षक, शिक्षक विद्यार्थी अनुपात, विद्यार्थी संख्याको वृद्धि र नगरस्तरीय तथा SEE परीक्षाको नतिजालाई मुल्याङ्कनको आधार वनाइ विद्यालयहरुलाई वर्गीकरण र पुरस्कृत गरिनेछ ।

सामुदायिक तथा संस्थागत विद्यालयको पाठ्यक्रम एउटै वनाउने संघीय नीतिलाई यस नगरपालिकामा पनि अनुसरण गरिनेछ ।

संस्थागत विद्यालयहरुले न्यूनतम १० प्रतिशत विद्यार्थीहरुलाई दिने छात्रवृतिको लागि सुचना प्रकाशन तथा छनौट भएका विद्यार्थीहरुको नामावली अनिवार्यरुपमा सार्वजानिक गर्नुपर्ने व्यवस्था यसै आववाट कार्यान्वयन गरिनेछ ।

कक्षा ४ देखि १० सम्मको सवै परीक्षामा नगरपालिका स्तरमा प्रश्नपत्र बनाई परीक्षा प्रणालीमा एकरुपता कायम गरिनेछ ।

सभाध्यक्षज्यू

आगामी आ.व.बाट बालमैत्री स्थानीय शासनलाई विस्तार गरी कम्तिमा ५ वटा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरी जम्मा ७ वटा वडालाई बालमैत्री स्थानीय शासनयुक्त बनाइनेछ ।

अटिजम को समस्या दिन प्रतिदिन बढ्दै गएको हुनाले त्यसको प्रभाव न्यूनिकरणका लागि यसै आ.व.बाट एउटा अटिजम केयर सेन्टर स्थापना गरी संचालन गरिनेछ ।

खाद्यान्न समस्याका कारण दिनप्रतिदिन रोगहरु बढ्दै गएको र सानै उमेरमा अत्याधिक मोटो हुदै गएको हुनाले त्यसको न्यूनीकरण गर्न Junk Food को उपयोगलाई घटाउने उदेश्यले "आमा समूह स्वास्थ्य भान्छा " कार्यक्रम सञ्चालन गरिनेछ ।

महिला तथा लक्षित सीप विकास कार्यक्रमका लागि प्रत्यक्ष रुपमा कार्यक्रम संचालन गर्ने परिपाटीको अन्त्य गरी परियोजना प्रस्तावनाहरु संकलन गरी उत्कृष्ट परियोजनालाई लागत साझेदारी गर्ने नीति अवलम्वन गरिनेछ ।

सयपत्री तथा मखमली लगायतका अन्य व्यवसायिक फूल प्रवर्द्धन कार्यक्रम संचालन गरी किसानहरुलाई प्रोत्साहन गरिनेछ ।

अभिभावक विहीन बालबच्चाहरुलाई छात्रवृत्ति सहित होस्टलको व्यवस्था गरिनेछ । नगरपालिका संरक्षक भइ अभिभावकत्व प्रदान गरिनेछ ।

मानव वेचविखन तथा ओसार पसारमा सुन्य सहनशिलता अपनाइनेछ ।लैङ्गिक हिंसा पिडितहरुका लागि तत्काल संरक्षण, उपचार , मनोसामाजकि परामर्श र शिघ्र न्यायिक निरुपण र पिडकलाई कानून बमोजिम कारबाही गरी पिडितहरुलाई समाजमा पुनर्स्थापित गरिनेछ ।

विपन्न वर्गका महिलाहरुलाई दीर्घकालिन आयआर्जनका क्रियाकलापहरुमा आबद्ध गर्न उपप्रमुखसँग थैली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।

सभाध्यक्षज्यू

हाल नगरपालिका दुध उत्पादनमा आत्मनिर्भर भइसकेको छ दुधको उत्पादनका लागि बजार विस्तार संगै भण्डारणको व्यवस्थापन गर्नुपर्ने भएकोले लामो समय सम्म टिक्ने दुधजन्य परिकारहरु वनाउने तथा वाह्य वजारमा विक्रि गर्न सकिने गरी प्रविधि विकासका लागि चिनियाँ राजदुतावासको सहयोगमा vibrant village कार्यक्रम अन्तरगत प्रविधि सहयोगको सुरुवात भइसकेको अवस्थामा यसलाइ सम्पूर्ण पालिकामा विस्तार गर्न आवश्यक पहल र समन्वय गरिनेछ ।

व्यवसायिक दुध उत्पादक किसानहरुलाइ वार्षिक उत्पादनको आधारमा "क" "ख" र "ग" श्रेणी मा विभाजन गरी उत्कृष्ट किसानलाई वर्ष किसान घोषणा गरी सम्मान गरिनेछ व्यवसायिक उत्पादनका लागि विशेष अनुदान सहयोग उपलव्ध गराइनेछ ।

मत्स्य पालनलाई वढावा दिन चिनिया सरकार सहित अन्य दातृनिकायको सहयोगमा नगरपालिका भित्रै भूरा तथा दाना उत्पादन यसै वर्ष सुरुवात गरिनेछ भने घरायसी स्तरमा निजी प्रयोग तथा व्यवसायिक प्रयोगका लागि भूरा एवम् दाना न्यूनतम मूल्यमा उपलव्ध गराइनेछ ।

"समुन्नत किसान अर्जुनधाराको पहिचान" भन्ने अवधारणालाई आत्मसात गर्दै किसानसँग उपप्रमुख कार्यक्रम सुरुवात गरिनेछ ।

सभाध्यक्षज्यू

भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीलाई यसैवर्ष धनीपुर्जा उपलव्ध गराउन आवश्यक समन्वय गरिनेछ ।भूमि सम्वन्धी विधेयक चालु अधिवेशनवाट नै पास गर्ने संकल्प संघीय सरकारले गरेको हुनाले उक्त ऐन जारी हुनासाथ धनीपूर्जा वितरणको कार्यक्रम सुरुवात गरिनेछ ।

अर्जुनधारा नगरपालिका वडा नं १ स्थित नेपाली सेनाको तालीम केन्द्र भएको ठाउँमा सुकुम्वासी तथा अव्यवस्थित बसोवासी र सामुदायिक वन बीचको त्रिपक्षीय जग्गा विवादलाई यसै वर्ष समाधान गरी धनीपुर्जा वितरण गरिनेछ ।

संघीय सरकारले घोषणा गरेको भूमि वैकको अवधारणालाई अनुसरण गर्दै यो नगरपालिका भित्रको सरकारी खाली जग्गाको लगत निकाली उक्त जग्गालाई निश्चित शुल्क लिइ व्यवसायिक प्रयोजनका लागि वार्षिक रुपमा नविकरण गर्ने गरी जग्गा उपलव्ध गराइनेछ

भूमि वैक मार्फत प्राप्त गर्ने जग्गामा व्यवसायकालागि परियोजनालाई नै बैक तथा वित्तीय संस्थामा धितोको रुपमा राखी ऋण लिने र परियोजनाको बीमा मार्फत आकास्मिक क्षतिवाट रक्षा गर्न नगरपालिकाले नगरभित्र संचालित वैक तथा वित्तीय संस्था संग आवश्यक संझौता गर्नेछ ।

सभाध्यक्षज्यू,

नगरपालिका भित्र संचालनमा रहेका सवै व्यवसायहरुलाइ अनिवार्य दर्ता तथा वार्षिक रुपमा नविकरण गर्ने व्यवस्था मिलाइनेछ

करदाता शिक्षा कार्यक्रम मार्फत सचेतना कार्यक्रम सञ्चालन गरी सबै सम्भावित करदाताहरुलाई करको दायरमा ल्याइनेछ ।यसवाट नगरको राजश्व प्रत्यक्ष रुपमा वृद्धि हुनेछ ।

नगरपालिकामा सवैभन्दा वढी कर तिर्ने १० जना व्यक्तिगत तथा संस्थागत करदाताहरुको विवरण सार्वजानिक गरी सम्मान गरिनेछ ।र, व्यवसाय सुदृढिकरणमा आवश्यक पर्ने सार्वजानिक पुर्वाधारहरु जस्तै विद्युत्तको ट्रान्सफर्मर, सडक, खानेपानीको पाइपलाइन विस्तार लगायतका कार्यक्रमहरुलाई प्राथमिकतमा राखेर निर्माण गरिनेछ ।

राष्ट्रिय भवन संहिताको पूर्ण पालना गर्दैं घर नक्शा पास सम्वन्धी विवरणलाई डिजिटलाइजेशन गर्न आवश्यक प्रकृयाको सुरुवात गरिनेछ ।व्यवसायिक प्रयोजनका लागि निर्माण हुने संरचनाहरुमा पार्किङ स्थलको व्यवस्था अनिवार्य गरिनेछ।

सभाध्यक्षज्यू

स्थानीय सरकार सञ्चालनका लागि आवश्यक सवै कानुनहरु निर्माण तथा प्रचलित स्थानीय कानुनहरुलाई आवश्यकता अनुसार समसामयिक बनाउन संशोधन गरिनेछ ।आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा गरी लागू गरिनेछ ।

उत्कृष्ट नतिजा निकाल्ने कर्मचारीहरुलाई सम्मान गर्न कार्यसम्पादन नतिजामा आधारित कर्मचारी प्रोत्साहन कार्यक्रम संचालन गरिनेछ ।

सामाजिक सुरक्षा भत्ता नविकरणका लागि असक्त अपाङ्गहरुका घरमै गएर सेवा प्रदान गरिनेछ ।

अपाङ्गता भएका व्यक्तिहरुको सामुहिक हीत प्रवर्द्ध गर्न नगरस्तरीय अक्षय कोष स्थापना गरिनेछ ।

करार तथा अस्थायी कर्मचारीहरुलाई कानून बमोजिम आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आवश्‍यक व्यवस्था गरी सुरुवात गरिनेछ ।

सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता तथा नविकरण गर्दा संघीय सरकारको नीति अनुरुप राष्ट्रिय परिचय पत्रलाइ अनिवार्य गरिनेछ ।

व्यक्तिगत घटना दर्ता कार्यलाई कानूनले तोकेको निर्धारित समयभित्र पूर्ण रुपमा दर्ता गराई घटना दर्ताको पूर्णता हासिल गरिनेछ ।

सभाध्यक्षज्यू

नगरपालिका भित्रका सवै घरधुरीमा स्वच्छ खानेपानी पुर्याइनेछ साथै खानेपानी सुरक्षा योजना लागु गरिनेछ ।

हाल संचालनमा रहेका खानेपानी आयोजनाहरुको नियमित मर्मत संभार र परीक्षणको व्यवस्था मिलाइनेछ ।

सभाध्यक्षज्यू,

निर्माणाधीन पशु अस्पतालको निर्माण सम्पन्न गरिनेछ भने एकिकृत विपद व्यवस्थापन केन्द्र स्थापना गरि संचालन गरिनेछ ।

नगरपालिका भित्रका विद्युत पुग्न वाँकी रहेका सवै घरधुरीमा विद्युत पुर्याई उज्यालो नगर घोषणा गरिनेछ साथै क्षमता अभावमा विद्युतीय सामाग्रीहरु संचालन हुन नसकेको स्थानमा विद्युतीय क्षमता थप गरीनेछ ।

निर्माण सुरु भएर सम्पन्न हुन वाँकी रहेका सडकहरुलाई प्राथमिकतामा राखेर सम्पन्न गर्दै लगिनेछ ।

शनिश्चरे खुदुनावारी सडक खण्डको विरिङखोलामा भत्किएको पुल संघीय सरकारको सहयोगमा यसै वर्ष निर्माण सुरु गरिनेछ ।

नदीजन्य श्रोतको उत्खनन प्रशोधन तथा व्यापारमा आवश्यक कानुन निर्माण तथा संसोधन गरिनेछ ।पूर्वाधार निर्माणमा सामाग्री अभाव हुन नदिने गरी नदीजन्य श्रोत परिचालन गरिनेछ

नगर सडक गुरुयोजना तयार गरी संरक्षण संवर्द्धनको लागि विशेष प्राथमिकता निर्धारण गरी नियमित रुपमा सडक अभिलेख अध्यावधिक गर्ने प्रणालीको विकास गरिनेछ ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि अव उप्रान्त निर्माण हुने सार्वजानिक पूर्वाधारहरु अनिवार्य रुपमा अपाङ्ग मैत्री वनाइनेछ भने पुराना सार्वजानिक पूर्वाधारहरुलाई पनि अपाङ्गमैत्री वनाउदै लगिनेछ ।

सभाध्यक्षज्यू

जलश्रोतको दीगो उपयोग, भूमिगत जल पुनर्भरण तालतलैया संरक्षणमा जोड दिइनेछ ।वडा नं ७ स्थित चौरासी विघे लगायत अन्य सिँचाइ आयोजनाको पुननिर्माण कार्य अघि बढाइनेछ ।

कम क्षमताका कारण विद्युतीय सामाग्रीहरु संचालनमा कठिनाइ हुन नदिन त्यस्ता क्षेत्रहरु पहिचान गरी ट्रान्सफर्मर राख्ने पोल फेर्ने तार फेर्ने जस्ता कार्यहरु यसै आवमा सम्पन्न गरिनेछ ।

उर्जामा सबै नागरिकको पहुँच कायम गरिनेछ । विद्युतीय चुल्हो, वायुपंखी चुल्हो, सौर्य उर्जा लगायतको प्रयोगलाई प्रोत्साहन दिइनेछ ।

विद्युत खपत बृद्धि तथा खनिज इन्धन न्यूनिकरणका लागि आवश्यक कार्यविधि बनाई घरायसी, कृषि, औद्योगिक, व्यवसायिक, पर्यटकीय र यातायात क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग प्रवर्द्धन गरिनेछ ।

नगरपालिकाको वडा नं १,२ र ३ जस्ता सहज रुपमा भूमिगत पानी नआउने क्षेत्रलाई लक्षित गरी Deep irrigation कार्यक्रम संचालन गरिनेछ ।

बिरिङ खोलामा तटवन्ध सहितको कोरिडोर निर्माण गरी नदीजन्य सामाग्रीहरुको ओसार पसार गर्ने ठूलागाडीहरुलाई त्यही कोरिडोर बाट ओहोर दोहोर गर्ने व्यवस्था मिलाइनेछ । यसबाट बजार भित्रको सडक संरक्षित भई लामो समय सम्म चलाउन सकिनेछ ।

नगरपालिकाका प्रमुख खोलाहरु विरिङ, टाङटिङ, नेते, गोयाङ, सुखानीले बर्सेनी खेतीयोग्य जग्गा कटान गरिरहेको हुनाले आगामी ४ वर्ष भित्रमा मुख्य क्षेत्र तटवन्ध गरिसक्ने नगरपालिकाको आवधिक योजनाले निर्दिष्ट गरेको हुनाले सोही अनुरुप तटवन्धलाई अगाडी वढाइनेछ । करीव २ कि.मि.नदी तटवन्धको काम यसै आ.व.मा सम्पन्न गरिनेछ ।वडा नं ८ को गढिगाउँ तथा सातपत्रे लगायत नगरपालिका भित्रका जोखिम संवेदनशिल क्षेत्रहरुमा नगरपालिकाबाट तटबन्धन आयोजनाहरु संचालन गरिनेछ ।

राष्ट्रिय चुरे कार्यक्रम मार्फत विभिन्न दातृ निकायको सहयोगमा विरिङ खोला कोरिडोर छेउमा ५ लाख वाँस रोपण गर्ने कार्यको प्रारम्भ गरिनेछ ।

सभाध्यक्षज्यू,

सुखानी शहीद स्मृति पार्कको घेरावारा तथा सौन्दर्यीकरण गरी आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन दरलाई वृद्धि गरिनेछ । जसवाट नगरको राजस्व समेत अभिवृद्धि हुनेछ

अर्जुनधारा जलेश्वर धाम,हलुवागढ, जेठा गुम्वा तथा किराँत माङ्हीमलाई आवश्यक पुर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धनमा जोड दिइनेछ ।

खुदुनाबारी बजार, शनिश्चरे बजार, कालिस्थान चौक, महानन्द चौक सौन्दर्यिकरण गरिनेछ ।कैदले पर्यापर्यटन क्षेत्रमा वनभोज स्थल प्रवर्द्धन गरिनेछ ।

कैलासघाटलाई व्यवस्थित वनाइ व्यवसायिक दाहसंस्स्कार स्थल वनाइनेछ अर्जुनधारा जलेश्वर धामको निकास भएको पानीलाइ जम्मा गराइ दाहसंस्कारका लागि प्रयोग गर्ने गरी आवश्यक गुरु योजना यसै आवमा वनाइ प्रदेश सरकार संघीय सरकार तथा अन्य दातृनिकायहरुको सहयोगमा कार्यक्रमलाई अगाडी वढाइनेछ ।

मुसलमान समुदायको अन्त्यस्टी तथा शव व्यवस्थापनका लागि निश्चित क्षेत्र छुट्याई आवश्यक पुर्वाधार निर्माण गरिनेछ ।

सहकाले झरनाको प्रचारप्रसार तथा अवलोकनको सहज व्यवस्थापनका लागि