अर्जुनधारा । लगभग २ केजी गाँजासहित झापा अर्जुनधाराका दुईजना पक्राउ परेका छन् ।
हिजो दिउँसो ४.३० बजे अर्जुनधारा ६ पुष्पलाल चौकबाट लागूऔषध गाँजाकाे काराेबार गरिरहेकाे अवस्थामा दुईजना पक्राउ परेका हुन् ।
साे स्थानका अमृतमाया लिम्बूको घरमा लागूऔषध गाँजाकाे काराेबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले घर खानतलासी गर्दा १ केजी ८८२ ग्राम र इलाम नगरपालिका-१२ साङरुम्बा घर भई हाल अर्जुनधारा १ स्थित निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्ने रोशन भट्टराईको साथबाट ६ ग्राम ६३० मिलिग्राम गाँजा बरामद भएको हो ।
गाँजासहित दुबैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।