बिर्तामोड । नेकपा एकीकत समाजवादी झापााले 'टिकटक प्रतियोगिता' आयोजना गर्ने भएको छ ।

received_1663146560991672

समाजवादीले युवा पुस्तामाझ लोकप्रिय रहेको टिकटक प्रतियोगिता आयोजना गर्न लागेको बुधबार बिर्तामोडमा पत्रकार सम्मेेलन आयोजना गरेर जनाएको छ ।

सुसासन र रोजगारी, समाजवादको तयारी' बिषयमा निर्माण हुने भिडियो सामग्री ३ मिनेटको रहनेछ । नेपाली भाषामा निर्माण गर्नुपर्न टिकटकका लागि उमेर समूह र भुगोलको बाउण्ड्री नरहने पार्टीका जिल्ला अध्यक्ष विपी भट्टराईले जानकारी दिए ।

नियमअनुसार भिडियो सामग्री निर्माण गरेपछि वाट्सएप मार्फत ९७0७९0५७०९ नम्बरको वमट्सएपमा पठाउनु पर्ने छ । पार्टीको आईडीमा पोष्ट गरेपछि मात्र प्रतियोगिले आफ्नो आईडीमा पोष्ट गर्नेछन् । साउन २५ देखि भदौ १ गतेसम्म भिडियो सामग्री पठाउन अनुरोध गरेको छ ।

निर्णायक मण्डलले भदौ ८ गतेसम्म प्राप्त भएका लाईक, भ्युज र शेयरलाई ५० अङक प्रदान गर्ने छ । बाँकी ५० अङक निर्णायक मण्डलले प्रदान गर्ने छ ।

प्रतियोगितामा पहिलो हुनले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले तिन हजार रुपैया पुरस्कार पाउने जनाईएको छ । पार्टीको स्थापना दिवसको अवसरमा भदौ ९ गते बिर्तामोडमा पुरस्कार वितरण गरिने जनाइएको छ ।

यसअघि पार्टीले बिपन्न परिवारको आवास निर्माण गर्ने निर्णय गरेको थियो । सो निर्णय बमोजिम भद्रपुरमा एउटा घर निर्माण सम्पन्न हुने चरणमा छ । यो बर्ष १५ वटा विपन्न आवास निर्माण गर्ने लक्ष्य समाजवादीको रहेको छ ।