झापा । झापाको बिर्तामोडमा आज बिहान भएको सवारी दुर्घटनामा मृतक र घाइतेको पहिचान खुलेको छ ।
बिहान ९:३० बजेको समयमा बिर्तामोड नगरपालिका-६ को गिरीबन्धु टि-स्टेट अगाडि भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।
बिराटनगरबाट काकडभिट्टा तर्फ जादै गरेको प्र १-०१-००१ ख ४४५९ भएको सगरमाथा यातायातको यात्रुबाहक बस आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका-११ बस्ने बर्ष-४६ को दिनेश कुमार भट्टराई र मोरङको रंगेली नगरपालिका-२ बस्ने ४२ को राज कुमार चौधरी रहेका छन् । चौधरी त्यही बसको कन्टेक्टर हुन् ।
घाइतेहरुमा सुनसरीको इटहरी नगरपालिका-११ बस्ने बर्ष-३८ को गुलसन राज शर्मा, उनकी श्रीमती बर्ष-३६ की अंकिता शर्मा, छोरी बर्ष-६ की मनसुइ शर्मा, सोही स्थानकी बर्ष-३७ की बिनु शर्मा र मोरङको बिराटनगर महानगरपालिका-२ बस्ने बर्ष-४२ को सोम कुमार भुजेल रहेका छन् । उनी दुर्घटनामा परेको बसका सहचालक हुन् ।
यसैगरी पाँचथरको कुमायक गाउपालिका-६ बस्ने बर्ष-२८ की गंगा लिम्बु, कमल गाउँपपालिका-७ का सुभाष लावती, बर्ष-८ को लोजिहाङ लावती, बर्ष-२३ की सुहाना लिम्बु, उनको भतिजो बर्ष-५ को मेङ्सो लिम्बु, बिराटनगर मनपा -१ बस्ने बर्ष १७ कि अनुषा भट्टराई, बर्ष -३६ कि मन्जु खतिवडा, दमक नगरपालिका-१ बस्ने बर्ष -६० कि राधिका खतिवडा र ताप्लेजुङको फाक्ताललुङ गाउँपालिका-१ बस्ने राकेश लिम्बु घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । बसका चालक फरार रहेका छन् । दुर्घटनामा परेको बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
















