बिर्तामोड । बर्षाले बगाएको झापाको अर्जुनधारा-७ स्थित बिरिङ पुलको उर्जा, जलस्रोतर सिंचाई मन्त्री कुलमान घिसिङले अवलोकन गरेका छन् ।
गतबर्षको बाढीले चर्किएको पुल असोज १९ गतेको बाढीले बगाएको छ । बाढिले पुल बगाएपछि त्यस क्षेत्र हुँदै सञ्चालन हुने यातायात सेवा अवरुद्व छ ।
झापाको बिर्तामोडबाट इलाम जाने द्रुतमार्गको यो पुल भत्किदा यात्रु तथा सवारी साधनलाई सास्ती भएको छ । त्यो पुल निर्माणको आग्रहसहित घिसिङलाई अवलोकनका लागि उपस्थित गराइएको हो ।
नगरप्रमुख बलदेवसिंह गोम्देनले अर्जुनधाराको प्रमुख राजमार्ग अन्तर्गत पर्ने यो पुल निर्माणले नगर विकासमा एउटा महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।
मन्त्री घिसिङले आजै झापा गाउपालिकामा डुवान पीडितक्षेत्रको अवलोकन गरेका छन ।


















