बिर्तामोड। झापाको बुद्वशान्ति-२ मा हिजो साँझ लडेर अचेत भएका पदम लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ ।
बुद्धशान्ति गाउपालिका-४ वर्ने चिया वगान नजिक सोही गाउपालिका-४ बस्ने बर्ष ५० को पदम लिम्बुलाई रोडको छेउमा लडेरलअचेत अबस्थामा भेटिएको थियो ।
तत्काल उनलाई उद्वार गरेर प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा अस्पताल पुग्न साथ चेकजाच गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


















