बिर्तामोड । जिल्ला अदालत इलामले २ बर्ष कैद र ५० लाख जरिवाना असुल गर्न फैसला गरेका झापाको बुद्वशान्ति-१ का एक व्यक्ति ७ वर्षपछि पक्राउ परेका छन् ।
२०७५ बैशाख १० गतेको फैसला बमोजिम ठगि मुद्दामा बुद्वशान्ति-१ जुनेलीका सुर्य तामाङलाई इलाम अदालतले २ बर्ष कैद सजाय र ५० लाख ३० हजार २६५ रुपैयाँ जरिवाना असुल गर्न आदेश दिएको थियो ।
अदालतको फैसलासँगै तामाङ फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय झापा र ईप्रका बुधबारेको टोलीले तामाङलाई उनकै घरबाट नियन्त्रणमा लिएको जनाएको छ ।
तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको जनाइएको छ ।
















