झापा । सुनसरीको बर्जु गाउँपालिका-५ बाट प्रहरीले २ सय ५७ किलो गाँजा बरामद गरेको छ ।
प्रदेश-०१-०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट गाँजा बरामद भयो ।
ईलाका प्रहरी कार्यालय सितागञ्जको टोलीले गाँजा बरामद गरेको जनाएको छ । गाँजासहित गाडि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
















