झापा । जेनजी आन्दोलनको समयमा ईलाका प्रहरी कार्यालय दमकमा लुटपाट, तोडफोड र आगजनी गर्ने तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउपालिका-३ बस्ने वर्ष अ. २२ को नकुल अधिकारी, चुलाचुली गाउपालिका-५ बस्ने वर्ष १९ को रियाज सिलवाल रहेका छन् ।

उनीहरूले आन्दोलनको क्रममा इप्रका दमकको कार्यालय परिसर लुटपाट, तोडफोड र आगजनी गरेको अभियोग लागेको छ ।

यस्तै भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकको कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गर्ने पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ का साजन लुहागुन पक्राउ परेका छन् ।

उनले प्रहरी कार्यालय आगजनी गर्दै गरेको भिडियो सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरेका थिए ।