बिर्तामाेड । आफ्नै उद्याेगमा काम गर्ने कामदारकाे छाेरीलाई बलात्कारकाे प्रयास गरेपछि झापाका एक उद्याेगी फरार भएका छन् ।
झापाका चर्चित उद्याेगी प्रदीप मित्तल एक युवतीलाई बलात्कार गर्ने प्रयास गरेकाे उजुरी परेपछि फरार भएका हुन् । उनकाे खाेजतलास भइरहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
व्यवसायी मित्तलको मेचीनगर–१४ स्थित प्रगतिटोलमा सात विगाह जमिन छ । सोही जमिनमा विगतदेखि नै भेनियर (प्लाई) उद्योग सञ्चालनमा छ । उक्त जमिनमा मित्तलले पाँचतारे होटलसमेत निर्माण सुरु गरेका छन् ।
साेही भेनियर उद्याेगमा काम गर्ने मेचीनयर-१४ कै एक महिलाकाे २३ बर्षकी छाेरीलाई बुधबार मित्तलले घरमै गएर याैनजन्य हिंसा गरेकाे अभियाेग लागेकाे छ ।
उनीबिरुद्व इलाका प्रहरी कार्यालय धुलावारीमा किटानी जाहेरी परेकाे प्रहरीले जनाएकाे छ । जाहेरी परेपछि मित्अतल फरार रहेकाे बताइएकाे छ । अभियुक्तले जाहेरवालाकै घरमा गई जबरजस्ती करणी गर्ने उद्योग गरेको जाहेरीमा उल्लेख छ ।
प्रहरीले पीडितकाे यौन जन्य शारीरिक परिक्षण लगायतका कार्यहरु सम्पन्न भएको जनाएकाे छ । घटनाका बिपक्षी अभियुक्त वारदात मिति र समयबाटै भागी फरार रहेको हुँदा उनको खोजतालस कार्य भईरहेको जनाएकाे छ ।



















