झापा। चर्चित अभिनेत्री मनिषा कोइराला राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन लाई मत माग्न झापा आउने भएकी छन्।लिङदेनको चुनावी क्षेत्र, झापा क्षेत्र नं ३ को  राजगढ  बजारमा  कार्तिक २९ र   भद्रपुर मा ३०  गते हुने बृहत चुनावी आमसभा लाई कोइरालाले सम्बोधन गर्ने छिन्।
एमालेसँग चुनावी तालमेल गर्दै लिङदेन प्रतिनिधि सभा उम्मेदवारको रूपमा चुनावी मैदानमा रहेका छन्।  नेपाली का‌ग्रेस पृष्ठभूमिका काेइरालाले लामाे समयदेखि राजतन्त्रकाे वकालत गर्दै आएकी छन् ।