बिर्तामाेड । नेपाली कांग्रेस झापाको कोषाध्यक्षमा जलकुमार गुरुङ मनोनित भएका छन् । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा मंगलबार सम्पन्न बैठकले गुरुङलाई कोषाध्यक्षमा मनोनयन गरेको हो । गुरुङ अघिल्लो कार्यकालमा पनि जिल्ला सदस्य थिए ।
देशकै उत्कृष्ट खानेपानी आयोजना विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष, मेची आँखा अस्पतालको अध्यक्ष, झापा गोल्डकपको अध्यक्ष रही गुरुङले सफलतापूर्वक कार्य सम्पादन गरिरहेका छन् ।
गुरुङ २०७४ सालको स्थानीय तह निर्वाचनमा विर्तामोड नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका थिए।