बिर्तामाेड । राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले आगामी साउन २२ गते कोशी प्रदेश अन्तरगत लिम्बुवान क्षेत्र बन्दको घोषणा गरेको छ । 

पहिचानबादीहरु तथा लिम्बुवानी जनताको स्वतन्त्रता र सार्वभौमिकता गुमेको दिनको रुपमा स्मरण गर्दै प्रत्येक बर्ष साे पार्टीले साउन २२ गते बन्द आह्वान गर्दै आएकाे छ । सन १८३१ साउन २२ गते भएकाे सन्धीबाट लिम्बुवान राज्य गुमेकाे थियाे । 

यस पटककाे बन्दलाई कोशी प्रदेश नामाकरणकाे बिरुद्ध हुँदै आएकाे आन्दोलनको परिपूरककै रुपमा स्थापित गर्ने उद्देश्यका साथ बन्दको घोषणा गरिएको राष्ट्रिय जनमुक्ति पार्टीसहित छ घटकका युवा नेता एलबि पालुङ्वाले जानकारी दिए । 

पहिचानबादीहरु तथा लिम्बुवानी जनताको स्वतन्त्रता र सार्वभौमिकता गुमेको दिनको रुपमा साउन २२ लाई स्मरण गर्दै वर्तमान कोशी आन्दोलनको परिपूरककै रुपमा स्थापित गर्ने उद्देश्यका साथ बन्दको घोषणा गरिएको पालुङ्वाले जानकारी दिए । 

वर्तमान अवस्थामा देशमा रहेको ब्याप्त भ्रष्टाचार, भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, महँगी लगायतका बेथितिको सरकारलाई ध्यानाकर्षण गराउँदै खबरदारी गर्न एक दिने लिम्बुवान बन्द आह्वान गरिएको नेता उनले बताए । 

पार्टीले प्रदेशबासीलाई बन्दलाई आ–आफ्नो ठाउँबाट साथ–समर्थन र सहयोग गरिदिन अपिलसमेत गरेको छ । 

नेपालको राजनीतिमा संघीयता र जातीय मुक्तिको एजेण्डालाई प्रमुख रुपमा उठाउदै आएको राष्ट्रिय जनमुक्ति पार्टीले २०६६ साल साउन २२ गतेबाट बि.स. १८३१ को लिम्बुवान गोर्खा सन्धि धोका हो भन्दै कालो दिवसको रुपमा मनाउदै त्यसदिन लिम्बुवान बन्द गर्दै आइरहेको छ ।