झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद अवरुद्ध नगर्न अनुराेध दिएका छन् ।

mk

राष्ट्रिय स्वतन्त्र पार्टी झापाद्वारा आज बिर्तामोडको सिटी सेन्टरमा आयोजित जनसभालाई संबोधन गर्दै उनले धेरै समय संसदलाई बन्धक बनाउन नमिल्ने बताए । ‘जनताका धेरै कुरा उठाउनु छ’ उनले भने,‘ चाँडोभन्दा चाँडो सदन खुलाउनुस् ।’

सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।

सभामा लामिछानेसहित केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल, संघीय संसदका प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाईलगायतका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए । आजै सभापति लामिछानेले दमकमा आयोजित जनसभालाई पनि संबोधन गर्ने कार्यक्रम रहेको छ । आज र भोलि दुई दिनमा लामिछानेले झापामा ८ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।