बिर्तामोड । कोशी प्रदेशको मुख्यमन्त्रीबाट उद्धव थापा पदमुक्त भएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री पदमा ४८ घण्टाभित्र बहाली गर्न सर्वोच्च अदालतले  परमादेश जारि गरेको छ । 

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको हो।

थापालाई दुई महिनाभित्रमा अदालतले दोस्रो पटक पदमुक्त गरेको हो ।