बिर्तामाेड । झापाकाे केरखाबाट इलामकाे चुलाचुली गाउँपालिका-१ का वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकाे छ ।

बन्द गर्दै हिडेका वडाध्यक्ष ध्रुब लावतीलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनलाई हाल ईलाका प्रहरी कार्यालय दमकमा राखिएकाे जिल्ला प्रहरी कार्यालय झापामा प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

नेकपा एमालेकाे झुलाघाट-चिवाभञ्ज्याङ् यात्रालाई लक्षित गरी पहिचानवादी शक्तिहरुले आज र भाेली बन्दकाे आह्वान गरेका छन् । बन्दकाे प्रभाव पहाडी जिल्लाहरुमा बढी परेकाे समाचारमा जनाइएकाे छ । हालसम्म सुनसरीकाे धरानबाट थप ५ जना बन्दकर्ता पक्राउ परेकाे जनाइएकाे छ ।

यसअघि काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमण गरेकाे अभियाेगमा प्रहरीले आदिवासी जनजाती महासङ्घका झापा अध्यक्ष पाण्डवलाल चाैधरीलाई पक्राउ गरेकाे थियाे ।