काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राज्यकाे सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका छन् ।
बुधबार राज्य व्यवस्था समितिको बैठकमा
गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंका
सुरक्षा गार्डले बोकेको हतियारको लाइसेन्स दिने प्रावधान नभएको भन्दै छानविन गर्न
गृह प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘दुर्गा प्रसाईंका
सुरक्षा गार्डले बोकेको हतियारका लागि लाइसेन्स दिने प्रावधान छ कि छैन ? संसारमा निहत्था
नागरिकको हत्याका घटनाहरुलाई ध्यानमा राखेर हाम्रो सुरक्षा व्यवस्था कडा
बनाउनुपर्छ । यस्ता हतियारहरु कति जनालाई दिइएको छ ? कति हजारको संख्यामा
छ । त्यस्ता हतियार फिर्ता दिने विषयलाई
गृहले कति गम्भीर रुपमा लिएको छ | <’
सांसद पन्तले प्रसाईंलाई दिइएको हतियारको
प्रकार हेर्दा हतियारको लाइसेन्स जारी गर्ने नीतिमाथि पुर्नविचार गर्नुपर्ने
उल्लेख गरे ।
कुनैपनि नागरिकले आफ्नो सुरक्षाका लागि
हतियार बोक्नुपर्ने अवस्था नहुनेगरि गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्नुपर्ने
पन्तको भनाइ छ ।