मेचीनगर । नेपाली काँग्रेसका स्थानीय नेता नरेन्द्र खड्का राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले अबिर र खादा लगाएर उनलाई पार्टी प्रवेश गराएका हुन् । यसअघि खड्का काँग्रेसको भ्रातृ संगठन तरुण दल झापाका पूर्व अध्यक्ष थिए ।
मेची उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष खड्का हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका छन् ।


















