मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीको अध्यक्षमा युवा नेता राजु कार्की निर्वाचित भएका छन् । 

युवा संघको राजनीतिबाट राजनीतिक यात्रालाई प्रभावकारी बनाएका कार्की पार्टीको नगर नेतृत्वमा चयन भएका हुन् । उनले यसअघि पार्टीको प्रदेश कमिटी सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

अध्यक्षमा कार्की र उपसचिवमा जानुका ओली सर्वसम्मत निर्वाचित भएका थिए । उपाध्यक्षमा कञ्चन तामाङ, सचिवमा शेखर ओली (सागर) र पुरुष उपसचिव पदमा राजु धिमाल निर्वाचित भए । 

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा तामाङले २४७ मत, सचिवमा ओली (सागर) ले २७७ मत र उपसचिवमा राजु धिमालले २२१ मत ल्याएर विजयी भएका छन् । मतदानमा ४२३ जनाले सहभागिता जनाएका थिए । निर्वाचन समितिका अनुसार ७५ जनाको निर्वाचित नगर कमिटीको घोषणा शुक्रवार हुने छ ।