बिर्तामाेड । नेकपा एमाले बाह्रदशी गाउँ कमिटीको अध्यक्षमा अग्निप्रसाद सापकोटा (अनिल) निर्वाचित भएका छन् ।
अधिवेशन अन्तर्गत भएको निर्वाचनमा १७३ मत ल्याएर युवा उम्मेदवार सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी तोयानाथ पोख्रेलले ११८ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा १५५ मतसहित यादवप्रसाद मिश्र निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी ज्ञानु सुवेदीले १३४ मतमा चित्त बुझाउनु पर्यो ।
त्यस्तै सचिवमा शम्भुसिंह राजवंशी निर्विरोध निर्वाचित भएका छन् भने खुल्ला उपसचिवमा जयनारायण आचार्य १८९ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी प्रेमबहादुर श्रेष्ठले मात्र ९५ मत ल्याएका छन् । महिला उपसचिवमा भने रविना ढकाल निर्विरोध निर्वाचित भएकी छन् ।