सिलीगुडी । पश्चिम बंगालकाे रंगापानीमा मालगाडी र कञ्चनजंघा एक्सप्रेस ठक्कर खाँदा आठ जनाकाे मृत्यु भएकाे छ । घटनामा अन्य ३० जना घाइते भएका छन् ।
अगाडि राताे बत्ती बलेपछि कञ्चनजंघा एक्सप्रेस राेकिएकाे थियाे । राेकिराखेकाे रेलमा मालगाडी (मालबाहक रेल) ले पछाडिबाट ठक्कर दिएकाे थियाे । साेमबार बिहान ९ बजेकाे यस घटनामा मालगाडीका लाेकाे पाइलट, कञ्चनजंघाका गार्डसहित आठ जनाकाे मृत्यु भएकाे त्यहाँकाे प्रहरीले जनाएकाे छ ।
भारतीय रेल्वे बाेर्डका अध्यक्ष जया बर्मा सिन्हाका अनुसार मालगाडीका लाेकाे पाइलटले बत्तीकाे बेवास्ता गरेका कारण दुर्घटना भएकाे प्रारम्भिक अनुसंधानबाट खुलेकाे छ । घटनामा कञ्चनजंघाकाे दुइवटा र मालगाडीकाे एउटा डब्बामा पुर्णरुपमा क्षति भएकाे उनले बताइन् ।
कसरी भयाे दुर्घटना ?
त्रिपुराकाे अगरतलाबाट काेलकाताकाे सियालदह जाँदै गरेकाे कञ्चनजंघा एक्सप्रेसलाई पछाडिबाट मालगाडीले ठक्कर दिएकाे थियाे । राताे बत्ती बलेकाे अवस्थामा मालगाडीले ठक्कर दिएकाे अधिकारीहरुले बताएका छन् । घटनामा तीनजना रेल कर्मचारी र ५ जना यात्रुकाे मृत्यु भएकाे छ । घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् ।
भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तरप्रदेशका मुख्यमन्त्री ममता बनर्जी लगायतले घटनाप्रति दु:ख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह गरेका छन्।
दुर्घटनापछि भारतका रेल मन्त्री अश्विनी वैश्णव रंगापानी गएका छन्।भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तरप्रदेशका मुख्यमन्त्री ममता बनर्जी लगायतले घटनाप्रति दु:ख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह गरेका छन्। दुर्घटनापछि भारतका रेल मन्त्री अश्विनी वैश्णव रंगापानी गएका छन्।