बिर्तामोड  । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल क. प्रचण्डसंग नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्य समिति झापाका सचिवालय पदाधिकारीको भेटघाट कार्यक्रम  सम्पन्न भएको छ ।

पूर्व प्रधानमन्त्री प्रचण्डको कर्मचारीसँगको भेट  निजामती प्रशासनका स्थायी सरकारको रुपमा रहेका कर्मचारीले जनमुखी, छिटोछरितो, सरल र निष्पक्ष सेवा प्रदान गर्ने बिषयमा केन्द्रीत रहेको संगठनका अध्यक्ष रामचन्द्र बस्नेतले बताए । 

 आईतबार राजनीतिक भेटघाटको कार्यक्रममा बिर्तामोडको टाइमलेस होटलमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले संघीय निजामती सेवा ऐन आउन ढिलाई  गर्दा संघीयतामा चुनौती थपिएको एवं शुशासनका पक्षमा गरेको काम पुरा भई नसकेकोले जनमुखी र भ्रष्टाचार रहित सेवा प्रवाह गर्न  सङ्गठनले रुपान्तरणकारी र रचनात्मक कार्य गर्नुपर्छ भनि सो संगठनका कर्मचारीलाई निर्देशन समेत दिएकाे कर्मचारी संगठनको सचिवालय स्रोतले जनाएको छ।

निजामती प्रशासन सन्चालन गर्ने निजामती सेवा ऐन २०४९ मा एक ट्रेड युनियन रहने भन्ने उल्लेख भए बमोजिम नेपाल राष्ट्रिय कर्मचारी संगठन बि स २०६४ सालमा स्थापना भएको संगठन हो।