बिराटनगर । कोशी प्ररदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज बिस्वासको मत लिने भएका छन् ।
दिउसो १ बजे कार्कीले विस्वाासको मतका लागि प्रदेशसभामा प्रस्ताव दर्ता गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेससँगको गठबन्धनमा कार्की मुख्यमन्त्री बनेका हुन । कार्कीलाई नेपाली कांग्रेसका २९ र नेकपा एमालेका ४० जना प्रदेशसभा सदस्यको समर्थन छ ।