बिर्तामोड । पुर्व-पश्चिम राजमार्गस्थित झापाको चारपानेमा अज्ञात समुहले सडकमा टायर बालेको छ ।
बिहान करिब ४ बजेको समयमा ४,५ जनाको समूह आएर सडकमा टायर बालेर फरार भएको प्रहरीले जनाएको छ ।
सडकको विचमा ४ वटा टायर बालेर सो समूह फरार भएको हो । संविधानको बिरोध गर्ने समुहद्वारा आगो बालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीको टोलिले आगो निभाएको जनाएको छ । घटनास्थलमा कुनै पर्चा पम्प्लेट नभेटिएको जनाइएको छ ।