बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले झापाको बिर्तामोडस्थित गिरीबन्धु चिया बगानको गेटमा प्रदर्शन गरेका छन्।

गिरीबन्धु चिया बगानको जग्गा बेच्न कानुनी अड्चन फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको भन्दै रास्वपा कार्यकर्ताले झापा बिर्तामोडमा रहेको गिरीबन्धु चिया बगान कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। 

रास्वपाले आज देशभर विरोध प्रदर्शन गरिरहेको छ। सोही क्रममा प्रधानमन्त्री ओलीसमेतको गृह जिल्ला झापामा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका हुन्।

उनीहरूले प्रधानमन्त्री ओली भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाएका छन्। सहकारी ठगी तथा संगठित अपराध मुद्दामा लामिछाने शुक्रबार साँझ पक्राउ परेर हाल कास्की प्रहरीको हिरासतमा छन्।