बिर्तामोड । मंसिर-१६ गते कनकाई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा ९ जनाको उम्मेद्वारी परेको छ । 

कनकाई-६ मा बाँकी कार्यकालका लागि हुन  लागेको निर्वाचनमा एकजना स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओलीसहित नेपाली कांग्रेसबाट रामगोपाल ओली, नेकपा एमालेबाट तुलाराम बस्नेत, नेकपा माओवादी केन्द्रका गणेश बहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । 

यसैगरी राप्रपाबाट नारायण निरौला, मंगोल नेशनल अर्गनाईजेसनबाट पदम बहादुर तामाङ, नागरिक उन्मुक्ति पार्टीका जमुना राजवंशी, जनमत पार्टीका शुकलाल राजवंशी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठको उम्मेदवारी परेको जनाइएको छ । 

२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा त्यस वडामा नेकपा एमालेका उम्मेदवार दीर्घबहादुर थापाले विजय हासिल गरेका थिए । उनको क्यान्सर रोगका कारण गतबर्ष निधन भएपछि यहाँ उपचुनाब हुन लागेको हो ।