बिर्तामोड । दुई महिनाकाे रिक्तता पछि बिर्तामाेड नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएकाे छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाकाे सम्पुर्ण आर्थिक काराेबार ठप्प भएकाे थियाे । जसका कारण विकास निर्माणकाे काम प्रभावित भएका थिए ।  

बिर्तामाेडमा मिलन भट्टराई प्रमुख प्रशासकीय अधिकृत आएका हुन् । यसअघि उनी इलामकाे सुर्याेदय नगरपालिकाका कार्यारत थिए । उनी सरुवा भएर बिर्तामाेड आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई बिहीबार नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले स्वागत गरेका थिए । 

उनले आजैदेखि कार्यभार सम्हालेकाे बताइएकाे छ ।