अर्जुनधारा । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन(प्याब्सन) अर्जुनधाराले बार्षिक क्यालेन्डर अनुसार पाँचदिने सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजना गर्ने भएको छ ।
मंसिर-२८ गते सुरु हुने कार्यक्रममा नगरका ३३ वटा बिद्यालयका १ हजार ५६ जना बिद्यार्थी सहभागी हुने अध्यक्ष बालगोपाल गौतमले जानकारी दिए ।
बिद्यार्थीमा रहेको अतिरिक्त क्षमताको पहिचान गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको उनले बताए । कार्यक्रममा गायन, नृत्य, साहित्य तथा खेलकुदका विभिन्न गतिविधि सञ्चालन हुने छ ।
अर्जुनधारा-६ को ब्रिलियन्ट प्युपल्स मावीमा साँस्कृतिक कार्यक्रम हुने जनाईएको छ । वडा नम्बर ७ को खेलमैदानमा फुटबल र क्रिकेट प्रतियोगिता तथा सूर्यज्योती मावीमा भलिबल प्रतियोगिता आयोजना गरिएको प्याब्सनका पुर्व अध्यक्ष रुद्रप्रसाद सिटौलाले जानकारी दिए । यसका अतिरिक्त टेवलटेनिस, चेस र सडक दौड प्रतियोगिता आयोजना गरिने जनाईएको छ ।
प्रतियोगिताको लागि २५ लाख रुपैया खर्च हुने अनुमान आयोजकको छ । कार्यक्रम समस्याका सम्पन्न गर्न प्याब्सन अर्जुनधाराका उपाध्यक्ष प्रविन कार्कीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको जनाइएको छ ।