काठमाण्डाै । सामाजिक सञ्जाल टिकटकमाथि अमेरिकामा पूर्ण प्रतिबन्ध लगाइएको छ । राष्ट्रपति जो बाइडेनको एक दिन कार्यकाल बाँकी छँदा उक्त घोषणा गरिएको हो ।

यता नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि सोमबार पदभार ग्रहण गर्दैछन् । कतिपयले शपथपछि राष्ट्रपति ट्रम्पले विशेषाधिकार प्रयोग गर्दै केही समयका लागि टिकटकमाथिको प्रतिबन्ध खुलाउने सम्भावना रहेको बताएका छन् ।

यसअघि भारतमा याे एप बन्द गरिएको थियाे । नेपालमा पनि पुष्पकमल दाहालकाे नेतृत्वमा रहेकाे सरकारले टिकटक बन्द गरेपनि केपी ओली प्रधानमन्त्री भए लगत्तै याे खुलेकाे थियाे ।