बिर्तामाेड । पाथीभरामा केवलकार निर्माण प्रक्रियाकाे बिराेधमा रहेका 'नाे केवलकार समुह' का नेता कार्यकर्ताले आज मेची राजमार्ग अवरुद्ध गरेका छन् ।
बन्दकर्ताले मेची राजमार्गकाे बुधबारे खण्डमा राजमार्ग बसेर सडक अवरुद्ध गरेका हुन् । प्रदेश नं. १ पुन: नामाङकन संयुक्त संघर्ष समितिका झापा जिल्ला सह संयोजक राजा आङथुपोकाे नेतृत्वमा परिचालित समुहले बन्दलाई कडा बनाएकाे बताइएकाे छ ।
३०, ३५ जनाकाे समुहले झापाबाट इलामतर्फ जाने सम्पुर्ण सवारी साधन अवरुद्ध पारेकाे सुरक्षास्राेतले जनाएकाे छ । यतिबेला इलामतर्फ जाने सार्वजनिक यात्रुबाहक सवारीसाधन पुर्णरुपमा बन्द भएका छन् । निजि चारपाङ्ग्रे गाडीदेखि अटाेरिक्सासमेत पुर्णरुपमा बन्द रहेकाे जनाइएकाे छ । बन्दकर्ताले एम्बुलेन्स, बिरामी बोकेका गाडी, मरिमराउको गएका, दूध/ चियाका गाडी, माेटरसाइकललाई भने अवराेध गरेका छैनन् ।