फिदिम । गाउँपालिका अध्यक्षलाई धाक धम्की दिदै चन्दा उठाउएकाे अभियाेगमा नेकपा (बहुमत) पाँचथर जिल्ला सेक्रेटरी डिल्लीराम कटवाल पक्राउ परेका छन् ।
कटवाललाई फिदिम-२ ओदिन स्थित हेलिप्याड नजिकबाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । कटवालले हिलिहाङ गाउँपालिकाका अध्यक्षलाई धाक धम्की दिदै चन्दा माग गरेकाे आराेप प्रहरीले लगाएकाे छ ।
कटवाललाई जिल्ला प्रहरी कार्यालय पाँचथरकाे टाेलीले आज बिहान पक्राउ गरेर अनुसंधान सुरु गरेकाे जनाएकाे छ ।


















