बिर्तामोड । रगतको चरम अभाब भइरहेको यो समयमा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीले शानिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा नगरका जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय युवा तथा संघका सदस्यहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय युवा संघ, केन्द्रीय कमिटीको एक महिने अभियान अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको संघका नगर उपाध्यक्ष सुशील भुजेलले जानकारी दिए ।
रक्तदान कार्यक्रमको अध्यक्षता संघका नगर अध्यक्ष धिरज मोक्तानले गरेका थिए । संघका झापा अध्यक्ष फुर्वा लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देन, नगरका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थिषो । कार्यक्रमको सञ्चालन संघका कार्यबाहक सचिव युकेेश फुयालले गरेका थिए ।

















