बिर्तामाेड । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का महासचिब घनश्याम भुषालले २०८२ सालभित्र नेपालका कम्युनिष्ट पार्टीमा ठुलाे उथल-पुथल आउने बताएका छन् । झापाकाे बिर्तामाेडमा पार्टीद्वारा आयाेजित टिकटक प्रतियाेगिताका बिजेतालाई पुरस्कार प्रदान गर्दै महासचिव भुषालले जनतासँग दुरी बढ्दै गएका कारण यही बर्ष नेपालका कम्युनिष्ट पार्टीमा भुकम्पीय परिवर्तन हुने दावी गरेका हुन् । 

samajbadi

मुलुकले ठुलाे सुधार खाेजेकाे छ, भुषालले भने-' अब एउटा समयकाे अन्त्य हुँदै गरेकाे संकेत हाामीले पाएका छाैं, जनता परिवर्तन भए, तर दलहरु परिवर्तन हुन नसक्नु दुर्भाग्य हाे ।' अहिले राजनीतिक दल र जनताबीचकाे खाडल झन ठुलाे भइरहेकाे उनकाे भनाई छ । सबै पार्टीमा अन्याैल र उकुस मुकुस उत्पन्न भएका कारण राष्ट्रिय राजनीति अहिले भयंकर समस्यामा रहेकाे उनकाे भनाई छ । 

कार्यक्रममा भुषालले नेकपा एमालेले २०८४ काे निर्वाचन सामना गर्न नसक्ने बताए । एमालेले सरकारमा रहेर भ्रष्ट र बिचाैलियालाई संरक्षण मात्र गरेका कारण आगामी निर्वाचनमा जनताकाे बीचमा जान नसक्ने बताए । उनले अहिले सबैभन्दा बढी जनताबाट एमाले टाढिएकाे दावी गरे । 

नेकपा माओवादी केन्द्र पनि सरकारमा जान लालायित रहेका कारण उसकाे राजनीतिक भविष्य सुरक्षित नरहेकाे बताए । ' अहिले कम्युनिष्ट आन्दाेलनमा यति समस्या उत्पन्न भएका छन्- महासचिब भुषालले भने-'त्यसकाे समाधानमा लाग्नु त कता हाे कता, सरकारमा जान हतार । जनतासँग जाेडिएर काम गर्नुपर्ने समयमा सरकारमा कतिबेला जान सकिन्छ ? भन्ने माओवादीकाे हताराेले पनि कम्युनिष्ट आन्दाेलन अप्ठ्याराे अवस्थामा पुगेकाे हाे ।'

नेपाली कांग्रेससँग कुनै नीति, सिद्वान्त र बिचार नरहेका कारण उसले अब मुलुककाे नेतृत्व गर्न नसक्ने दावी उनले गरे । 'कांग्रेस स्थिर रहन्छ र बिस्तारै कमजाेर हुँदै जान्छ, भुषालले भने- कांग्रेसकाे नेतृत्वमा बिचाैलिया र भ्रष्ट बचाउने भन्दा हरु काम हुनै सक्दैन ।' 

सर्वहारा वर्गकाे हितका लागि कम्युनिष्ट पार्टी बलियाे हुनुकाे विकल्प नरहेकाे उनकाे भनाई छ । उनले एकिकृत समाजवादी पार्टी अग्रगामी पार्टी भएकाे हुनाले समाजवादीकै नेतृत्वमा बलियाे कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्ने बताए । 

कार्यक्रममा पार्टी स्थापनाकाे चाैथाे बर्ष पूरा गरेकाे अवसरमा आयाेजित 'सुशासन र राेजगारी, समाजवादकाे तयारी' बिषयमा टिकटक बनाएका बुद्वशान्तिका झलकमान दर्जी प्रथम, मेचीनगरका नम्रता खड्का दाेस्राे, मेचीनगरकै शिव सुवेदी तेस्राे र आवाज गाैतम सान्त्वना पुरस्कारबाट पुरस्कृत भए । उनीहरुले क्रमश नगद १० हजार, ५ हजार, ३ हजार र एक हजार रुपैया नगद पुरस्कार पाएका थिए ।