बिर्तामोड । तीनवटाको संख्यामा आएका जंगली हात्तीले बिर्तामोड नगरपालिका-७ मा ७ कठ्ठा क्षेत्रफलमा लगाइएको धानबाली नष्ट गरेको छ ।
राति अन्दाजी ११ बजे आएका हात्तीले कृष्णप्रसाद खरेलको धानबाली नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापााले जनाएको छ ।
हात्तीले धानबाली खानुका साथै कुल्चिएर नष्ट गरेको हो । हात्ती राति नै नजिकैको निचाझोडा जंगलतर्फ फर्किएको बताइएको छ ।




















